‘एलिमिनेटर’ मा आज काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स भिड्दै
सारांश
- आज काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सबीच एनपीएलको एलिमिनेटर खेल हुँदैछ, जुन त्रिवि क्रिकेट मैदानमा हुनेछ।
- खेल जित्ने टोलीले क्वालिफायर-२ खेल्ने अवसर पाउनेछ, भने हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ।
- पहिलो संस्करणमा लिग चरणबाटै बाहिरिएका दुवै टोली उपाधि जित्ने योजनामा छन्।
काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत आज काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्सबिच ‘एलिमिनेटर’ खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।
फाइनलमा प्रवेश गर्ने लक्ष्यका लागि दुवै टोली आज जित निकाल्नै पर्ने दबाबमा छन् । आजको विजेताले हिजो मंगलबार पहिलो ‘क्वालिफायर’ मा पराजित विराटनगरसँग ‘क्वालिफायर–२’ खेल्ने मौका पाउने छ भने पराजित टोली प्रतियोगिताको उपाधि दौडबाट बाहिरिनेछ । हिजो भएको पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स पहिले नै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

पहिलो संस्करणमा लिग चरणबाटै बाहिरिएका यी दुवै टोली यसपटक उपाधिमा दाउ हान्ने योजनामा छन् । यसअघि लिग चरणमा काठमाण्डुसँग २२ रनले हार बेहोरेको लुम्बिनी यसपटक त्यसको बदला लिँदै उपाधितर्फ अघि बढ्न चाहन्छ । पहिलो संस्करणको तुलनामा प्रदर्शनमा सुधार देखाइरहेको काठमाण्डु पनि उपाधि आफ्नै बनाउने लक्ष्यमा छ ।
लिग चरणमा ७ खेल खेलेको काठमाण्डुले विराटनगर र सुदूरपश्चिमसँग दुई खेल हारेको थियो भने ५ खेलमा जित हात पार्दै ‘प्लेअफ’मा स्थान बनाएको हो । यस्तै, लुम्बिनीले ७ खेलमध्ये ४ खेल जित्दै ‘प्लेअफ’मा चौथो स्थान हात पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण