गोलभेँडाको मूल्य ४६ प्रतिशतले घट्यो
बुधबार, २४ मङ्सिर २०८२, ११ : १७
सारांश
- एक हप्तामा गोलभेँडाको मूल्य ४६ प्रतिशतसम्मले घटेको छ।
- सानो लोकल गोलभेँडाको मूल्य ४२.६७ रुपैयाँ पुगेको छ।
- नेपाली ठुलो र भारतीय गोलभेँडाको मूल्य पनि घटेको छ।
काठमाडौँ । एक सातामा गोलभेँडाको मूल्य ४६ प्रतिशतसम्मले घटेको छ । कालीमाटी तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य विवरण अनुसार गत बुधबार प्रतिकिलो ८० रुपैयाँ औसत मूल्य रहेको सानो लोकल गोलभेँडा आज ४२.६७ रुपैयाँ पुगेको छ ।
त्यस्तै नेपाली ठुलो गोलभेँडा पनि अघिल्लो साताको तुलनामा २८.५७ रुपैयाँले घटेको छ । यो गोलभेँडा गत बुधबार प्रतिकिलो १०५ रुपैयाँ पर्ने गरेकोमा आज ७५ रुपैयाँ औसत मूल्य कायम भएको छ ।
यस्तै भारतीय सानो गोलभेँडा पनि २८.५७ प्रतिशतले घटेको छ गत साता यो गोलभेँडा ७७ रुपैयाँ रहेकोमा आज ५५ रुपैयाँ औसत मूल्य कायम भएको छ । सानो तराई गोलभेँडा २३.९३ प्रतिशतले घटेर ७३.३३ औसत मूल्य कायम भएको छ ।
यस्तो छ गोलभेँडाको घटेको मूल्य :
_Wo2yODtB9F.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण