पीडितहरूलाई ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागबाट १३ जना पक्राउ
बुधबार, २४ मङ्सिर २०८२, १६ : ५१
काठमाडौं । काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभागमा बिचौलिया काम गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारको सिलसिलामा पीडितहरू विभागमा जाँदा घेराबन्दी गरेर बार्गेनिङ गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए ।
बिचौलियाहरूले श्रम स्वीकृतिका लागि विभागमा जाने सेवाग्राहीलाई पनि दुःख र हैरानी दिने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
बिचौलियाहरूले पीडितहरूलाई आफ्नो समूहले पक्राउ गरिदिने भन्दै झुटो आश्वासन देखाएर मोलमोलाइ गर्ने गरेका एसएसपी बस्नेतले जानकारी दिए । पीडितहरूले उजुरी दर्ता गर्न जाँदा पनि बिचौलियाहरूले घेराबन्दीमा पारेर सहयोग लिन बाध्य बनाएको भेटिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण