सडक विस्तार पछिको हेटौँडा : भग्नावशेष हटाउँदै स्थानीय, सवारी सञ्चालनमा कडाइ (तस्बिरहरू)
सारांश
- हेटौँडा बजारमा सडक विस्तारका क्रममा घर टहरा भत्काउँदा अस्तव्यस्तता छाएको छ।
- भत्किएका संरचनाका कारण सवारी आवागमनमा समस्या आएको छ, तर स्थानीयहरू व्यवस्थापनमा जुटेका छन्।
- सडक डिभिजन र उपमहानगरपालिकाको सक्रियतामा भग्नावशेष हटाउने र सडक सफा गर्ने काम भइरहेको छ।
हेटौँडा । राष्ट्रिय राजमार्ग विस्तार अभियान अन्तर्गत सडक सीमाभित्र पर्ने घर–टहरा भत्काइएपछि हेटौँडा बजार अस्तव्यस्त छ । सडक किनार तथा पेटीमा घर भत्काइएका इट्टा तथा सिमेन्टका टुक्रा थुपारिएको छ भने आम सर्वसाधारणहरू सडकबाटै हिँड्न बाध्य छन् ।
_EDf3lf5Pio.jpg)
एकातिर भत्किएका संरचनाहरूको भग्नावशेष व्यवस्थापन हुन सकेको छैन भने अर्कोतर्फ सवारी आवागमनमा समेत असहजता देखिएको छ । यद्यपि हेटौँडा बजार क्षेत्रको भत्किएका संरचना व्यवस्थापनमा स्थानीयहरू लागि परेका छन् । हेटौँडाको मेनरोडदेखि राप्ति रोड तथा पिपल बोट क्षेत्रका स्थानीयहरू भत्किएका घरहरूको स्क्र्याब व्यवस्थापनमा जुटेका हुन् ।
मुख्य बजार क्षेत्रमा सवारी आवागमनमा रोकेर भत्किएका संरचनाहरू हटाउन स्थानीयहरू सक्रिय देखिन्छन् । उक्त कार्यमा सघाउन सडक विस्तार र निर्माण कार्यलाई सहज बनाउन तथा ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले बजार क्षेत्रमा सवारी साधन सञ्चालनमा कडाइ गरेको छ ।
_PvXJtNPLwz.jpg)
बुधवारदेखि हेटौँडाको मुख्य बजार क्षेत्रको बुद्धचोकदेखि चौकीटोल ओरालोसम्म बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सवारी साधन आवागमनमा रोक लगाइएको छ । निर्माण कार्य छिटो सक्न मद्दत पुग्ने अपेक्षा सहित सवारी डाइभर्ट गरेर संरचना हटाउने काम भइरहेको हो ।
_8IsuSfoSae.jpg)
गत २० गते सडक डिभिजन कार्यालय र उपमहानगरपालिकाले डोजर लगाएर सडक सीमा मिचेर बनाइएका घर तथा टहराहरू भत्काएको थियो भने डोजरले संरचना भत्काएपछि यतिबेला घरधनीहरू आफैँले पनि भग्नावशेष हटाउने काम थालेका हुन् ।
बजार क्षेत्रलाई कुरूप र दुर्गन्धित हुन नदिन हेटौँडा उपमहानगरपालिकाले पनि सक्रियता देखाएको छ । उपमहानगरले सडकमा थुप्रिएका फोहोर र भग्नावशेष सङ्कलन कार्यलाई तीव्रता दिएको छ भने डोजर र ट्रिपरको प्रयोग गरी सडक सफा गर्ने काम भइरहेको छ ।
_a4mE6z5yY2.jpg)
_eingCe8td6.jpg)
_HAZlE7yX2T.jpg)
_jHQ7f4Rbch.jpg)
_jyNKq8Y0IN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण