पुँडीटारमा औद्योगिक क्षेत्र बनाउन माग गर्दै लेखनाथ उद्योग वाणिज्य सङ्घको ध्यानाकर्षण
पोखरा । लेखनाथ उद्योग वाणिज्य सङ्घले पुँडीटारमा औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया अघि बढाउन माग गरेको छ ।
प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याललाई एक ज्ञापनपत्र बुझाउँदै सङ्घले पोखरा ३३ पुँडीटारमा सरकारले नै बनाउने भनेको प्रदेशस्तरीय औद्योगिक क्षेत्रको निर्माण अलमलिएको गुनासो गरेको छ ।
सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारी नेतृत्वको टोलीले हालसम्म सम्पन्न काम र अब गर्ने योजनाका बारेमा प्रश्न गरेका थिए ।
सरकारले औद्योगिक क्षेत्र बनाउन प्रारम्भिक अध्ययन समेत गरिसकेको छ । जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको प्रदेश सरकारले जनाएको छ । यसले सिङ्गो गण्डकी प्रदेशको विकास र रोजगारी सिर्जनामा सहयोग पुग्ने भन्दै तुरुन्तै काम अघि बढाउन सङ्घको टोलीले आग्रह गरेको छ ।
‘अहिलेको अवस्थामा जग्गाको मूल्य अत्यधिक बढेका कारण व्यवसायीले चाहेर पनि उद्योग स्थापना गर्न सकेका छैनन् । सरकारले नै वातावरण बनाइदिनुपर्छ,’ अधिकारी भन्छिन्, ‘राजमार्गको स्तरोन्नति भएसँगै काठमाडौँ र पोखराको यात्रा सहज र छोटो भएको छ । तसर्थ, पुँडीटारमा बन्ने औद्योगिक क्षेत्रले काठमाडौँको बजार समेत समेट्ने प्रचुर सम्भावना देखाएको छ । तुरुन्त निर्माण थाल्नुपर्छ ।’
औद्योगिक क्षेत्र सञ्चालनका लागि व्यवसायीहरू निकै उत्साही रहेका उनले बताइन् । बस्यालले प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नरहेको बताए ।
उनले सङ्घलाई दबाब दिइरहेकोले जग्गा प्राप्तिको विषय टुङ्गो लाग्ने बित्तिकै काम अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि लगभग सकिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण