काठमान्डुले लुम्बिनीलाई दियाे ११२ रनको लक्ष्य
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको काठमान्डुले १९ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १११ रन बनाएको हो ।
काठमान्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रनको योगदान गरे । त्यस्तै आदिल आलम र जोन सिम्पसनले समान १८–१८ रन जोडे । लुम्बिनीका लागि शेर मल्ल र कप्तान रोहितकुमार पौडेलले तीन तीन विकेट लिए । त्यस्तै रुवेन ट्रम्पलमनले दुई विकेट लिँदा अभिषेश गौतमले एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै दुबै टोली पहिलो पटक क्वालिफायरमा स्थान बनाउने योजनामा छन् । यो खेल जित्ने टोलीले दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण