काठमान्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश
काठमाडौँ । लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा काठमान्डु गोर्खाजमाथि चार विकेटको जित निकाल्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो ।
त्रिवि क्रिकेट रंगशालामा काठमान्डुले दिएको ११२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
लुम्बिनीका लागि शर्टले सर्वाधिक ३३ रनको योगदान गरे । त्यस्तै सन्दीप जोराले २३ रन बनाउँदा कप्तान रोहित कुमार पौडेलले १८ रनको योगदान गरे ।
काठमान्डुका लागि सन्तोष यादवले दुई विकेट लिए । त्यस्तै सन्नी पटेल, शाहब आलम, करण केसी र रशिद खानले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले बलिङ गरेको काठमान्डुले १९ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १११ रन बनाएको थियो ।
काठमान्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रनको योगदान गरे । त्यस्तै आदिल आलम र जोन सिम्पसनले समान १८–१८ रन जोडे ।
लुम्बिनीका लागि शेर मल्ल र कप्तान रोहित कुमार पौडेलले तीन तीन विकेट लिए । त्यस्तै रुवेन ट्रम्पलमनले दुई विकेट लिँदा अभिषेश गौतमले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण