क्रियाशील सदस्यता छानबिन समितिमा संस्थापनको बहुमत
सारांश
- नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानबिन समिति गठन गरेको छ, जसको संयोजक महेन्द्र यादव रहेका छन्।
- समितिमा संस्थापन पक्षको बहुमत रहेको छ, र यसले महाधिवेशन तोकिएको समयमा हुने सम्भावना कम गरेको छ।
- यादवले यसअघि निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए, जसले गर्दा महाधिवेशनको मिति पछि धकेलिने सम्भावना बढेको छ।
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति गठन गरेका छन् । सहमहामन्त्री महेन्द्र यादवको संयोजकत्वमा गठित छानबिन समिति ५ सदस्य छ ।
समितिको सदस्यहरूमा केन्द्रीय सदस्यहरू शिवप्रसाद हुमागाईँ प्राध्यापक डाक्टर गोविन्दराज पोखरेल अजय बाबु शिवाकोटी र शान्ति परियार विक छन् ।
५ सदस्य समिति मा संस्थापन समूहको बहुमत देखिन्छ। सहमहामन्त्री यादवसँगै सदस्यहरू हुमागाईँ र विक संस्थापन पक्ष हुन् ।
हुमागाईँ नेता कृष्ण सिटौला निकट छन् भने संयोजक यादव र विक सभापति देउवाका विश्वास पात्र मानिन्छन्। सदस्य प्राध्यापक डाक्टर पोखरेल इतर समूहका नेता डाक्टर शेखर कोइराला निकट हुन् ।
क्रियाशील सदस्यता छानबिन समितिको संयोजक यादवलाई दिएपछि अब कांग्रेसको केन्द्रीय महाधिवेशन तोकिएको मितिमा हुने सम्भावना न्यून बनेको छ।
यादव ती नै नेता हुन् जसले महामन्त्री गगन थापाले पुस १६ गतेदेखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नुपर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस गर्दा त्यसको काउन्टरमा वैशाख २७ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका थिए ।
अन्तिम समयसम्म पनि सहमहामन्त्री यादवले अब पार्टीले सरकारले फागुन २१ गतेका लागि तोकेको निर्वाचनमा ध्यान दिनुपर्ने भन्दै निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने राय राखिरहेका थिए ।
कांग्रेसमा सबैभन्दा बढी क्रियाशील सदस्यतामा विवाद रहँदै आएको छ। त्यो विवाद छानबिन गर्ने नेतृत्व यादवलाई नै दिएपछि महाधिवेशन घोषित मितिमा हुने सम्भावना कम देखिएको हो । त्यसमा पनि छानबिन समितिमा संयोजक यादवलाई नै साथ दिने नेताहरूको बहुमत देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण