प्रभु बैङ्कका विप्रेषण विभागका प्रमुख शाक्य पक्राउ
सारांश
- केन्द्रीय अनुसन्धान ब्यूरोले प्रभु बैङ्कलाई नोक्सानी पुर्याएको आरोपमा सुजिन शाक्यलाई पक्राउ गर्यो।
- शाक्यले प्रभु मनि ट्रान्सफरलाई फाइदा पुग्ने गरी बैङ्किङ कसुर गरेको आरोप छ।
- प्रारम्भिक अनुसन्धानमा उनले बैंकलाई अर्बौंको नोक्सानी पुर्याएको देखियो।
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोले रेमिट कारोबार गर्ने क्रममा प्रभु बैङ्कलाई रु एक अर्बभन्दा बढी हानी नोक्सानी पुर्याएको आरोपमा बैङ्कका विप्रेषण विभाग प्रमुख सुजिन शाक्यलाई पक्राउ गरेको छ ।
ब्युरोको टोलीले उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिई बुधबार ललितपुर महानगरपालिका-११ ईखांछेबाट पक्राउ गरेको हो । शाक्यले रेमिट कारोबार गर्दा प्रभु बैङ्कलाई हानी र आफ्नो स्वार्थ समूहअन्तर्गतको प्रभु मनि ट्रान्सफरलाई फाइदा हुने गरी बैङ्किङ कसुर गरेको ब्युरोको आरोप छ ।
रेमिटबापतको ‘प्रिफण्डिङ’ दिन सक्ने कानुनी व्यवस्थाको दुरुपयोग गरी गराई त्यसको नाममा नियम विपरीत अर्बौँ रकम दिई त्यसबापत नियमानुसार ब्याजसमेत नलिई बैङ्कलाई रु एक अर्बभन्दा बढी रकम नोक्सानी पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।
ब्युरोले नियम विपरीत ‘सुपर एजेन्ट’ बनाई रेमिटेन्स कारोबार गर्न प्रभु म्यानेजमेन्ट प्रालिलाई एडभान्स रकम दिई उक्त कम्पनीसँग रेमिट कारोबार स्थगित भए पनि स्वार्थ समूहलाई सो रकम प्रयोग गर्न दिएको आरोपमा यसअघि बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित उच्च पदस्थ कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण