५० वर्षपछि येंगा हिटीमा फर्कियो पानी (तस्बिरहरू)
सारांश
- येँगा हिटी, एक महत्वपूर्ण सामुदायिक जलस्रोत, १५ सय वर्ष पुरानो हो र यसले स्थानीयलाई पानी उपलब्ध गराउँदै आएको छ।
- येगा क्लब र चिभा चैत्यको सहकार्यमा जीर्णोद्धारपछि ५० वर्षपछि हिटीमा पानी पुनः प्रवाह सुरु भयो।
- हिटी क्षेत्रको सुरक्षाका लागि सीसी क्यामेरा जडान गरिएको छ, र पुनर्स्थापना कार्य विभिन्न संस्थाहरूको सहयोगमा सम्पन्न भयो।
काठमाडौँ । येंगा हिटी एक अत्यन्त महत्त्वपूर्ण सामुदायिक जलस्रोत हो, जसले करिब पन्ध्र सय वर्षअघिदेखि स्थानीय बासिन्दालाई पानी उपलब्ध गराउँदै आएको छ । दीर्घकालसम्म यस हिटीको संरक्षण स्थानीय समुदायकै नेतृत्वमा हुँदै आएको थियो ।
येगा क्लब र चिभा चैत्य अर्गनाइजेसनबिचको सहकार्य तथा वर्ल्ड मोनुमेन्ट्स फन्ड र नेपालस्थित अमेरिकी दूतावासको राजदूत सांस्कृतिक संरक्षण कोषको सहयोगमा सम्पन्न जीर्णोद्धारपछि करिब ५० वर्षपछि यो हिटीमा पुनः पानी प्रवाह सुरु भएको छ।
_zg4AHS72le.jpg)
पुनर्स्थापना कार्यसँगै हिटी क्षेत्रको सुरक्षा र निगरानी सुदृढ बनाउन सीसी क्यामेरा पनि स्थापना गरिएको छ। २०२२ वर्ल्ड मोनुमेन्ट्स वाचमा सूचिकृत यो सम्पदाको पुनर्स्थापना कार्य वर्ल्ड मोनुमेन्ट्स फन्डको काठमाडौँ उपत्यकाका हिटी संरक्षण परियोजना (२०२३–२०२६) अन्तर्गत सम्पन्न गरिएको हो ।
_CeGYLARK47.jpg)
यस कार्यमा अमेरिकी दूतावासको राजदूत सांस्कृतिक संरक्षण कोषको मुख्य सहयोगसँगै द रोबर्ट डब्ल्यु विल्सन च्यारिटेबल ट्रस्ट, वाच कमिटी अफ वर्ल्ड मोनुमेन्ट्स फन्ड, अमेरिकन एक्सप्रेस तथा आइरन माउन्टेन लगायत संस्थाहरूको महत्त्वपूर्ण योगदान रहेको छ । तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
_buG08qWsEY.jpg)
_08EjDcK53x.jpg)
_kSo0KJMEiB.jpg)
_lIAt76J8Ft.jpg)
_GX2WgZL4OX.jpg)
_tmvehLrqlS.jpg)
_AMV4EvIMka.jpg)
_jIveJ9Z9IL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण