सम्पादकसँग साक्षात्कार गर्दै एमाले अध्यक्ष ओली
सारांश
- केपी शर्मा ओलीले आज सञ्चारमाध्यमका सम्पादकसँग साक्षात्कार गर्दैछन्।
- एमालेको ११औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी ओलीले आगामी कार्ययोजनाबारे जानकारी गराउनेछन्।
- महाधिवेशन मंसिर २७ गते भक्तपुरमा सुरु भई काठमाडौँमा बन्दसत्र हुनेछ, जहाँ नयाँ नेतृत्व चयन हुनेछ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज देशका प्रमुख सञ्चारमाध्यमका सम्पादकसँग साक्षात्कार गर्ने भएका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको उक्त कार्यक्रम दिउँसो १ बजे काठमाडौँमा हुने तय गरिएको छ ।
शनिबारेदेखि सुरु हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै आयोजना गरिएको यो भेटमा अध्यक्ष ओलीले आफ्नो आगामी कार्ययोजना, नेतृत्वबारेको धारणा र आगामी राजनीतिक रणनीतिबारे सम्पादकहरूसमक्ष खुलस्त राख्ने तयारी गरेको बताइएको छ । पुनः अर्को कार्यकालका लागि अध्यक्ष बन्ने तयारीमा रहेका ओलीले महाधिवेशनको दिशा, सङ्गठन सुदृढीकरण तथा राष्ट्रिय राजनीतिमा एमालेको भूमिकाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह मंसिर २७ गते भक्तपुरको तीनकुने मैदानमा हुने छ । त्यसपछि हुने बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । महाधिवेशनमा आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण