जबरजस्ती करणी मुद्दाका एक प्रतिवादी पक्राउ
सारांश
- सिन्धुली कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ परेका छन्।
- प्रहरीले विशेष टोली परिचालन गरी लुकिछिपी बसेका सन्दीप वर्मालाई सिन्धुलीबाट पक्राउ गरेको हो।
- वर्मा २०८२ असारमा अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा थिए र आन्दोलनको मौका छोपी भागेका थिए।
हेटौँडा । जेनजी आन्दोलनका क्रममा सिन्धुली कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई पक्राउ परेका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा कारागार तोडफोर्ड गरेर भदौ २५ गते भागेका जवरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई प्रहरीले बुधबार सिन्धुलीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सन्दीप वर्मा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको विशेष प्रहरी टोलीले वर्मालाई लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
यसअघि, सिन्धुली जिल्ला अदालतको २०८२ असार ११ गतेको आदेश अनुसार वर्मालाई जबरजस्ती करणी सम्बन्धी कसुरमा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । कारागारमा थुनामै रहेको अवस्थामा गत २०८२ भाद्र २५ गते सिन्धुली कारागारमा कैदीबन्दीहरुले तोडफोड तथा आगजनी गरेको घटनाको मौका छोपी वर्मा कारागारबाट फरार भएका थिए ।
पक्राउ परेका वर्मालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः अदालतमा उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण