हुम्लाका २५ मतदानस्थल अति संवेदनशील
सिमकोट । हुम्लाका २७ मतदानस्थललाई भौगोलिक विकटता र राजनीतिक विवादका कारण अति संवेदनशील ठहर गरिएको छ । जिल्लामा ६० मतदानस्थल र ६१ मतदानकेन्द्र कायम गरिएको हाे ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा यस पटक थपिएका गरी जम्मा ६० मतदानस्थलमध्ये २७ वटा भौगोलिक विकटता र राजनीतिक विवाद हुने ठहर गर्दै अति संवेदनशील मतदानस्थलका रुपमा ठहर गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले बताए ।
समितिको निर्णयअनुसार २१ वटा संवेदनशील र १० सामान्य छन् । जिल्ला सुरक्षा समितिको बैठकले निर्धारण गरेअनुसार अदानचुली गाउँपालिकामा छ मतदानस्थल रहेकामा एक मतदान केन्द्र अतिसंवेदनशील छन् भने पाँच वटा संवेदनशील छन् ।
आठ मतदानस्थल रहेको चंखेली गाउँपालिकामा पाँच अति संवेदनशील र तीन संवेदनशील छन् । सात मतदानस्थल रहेको ताँजाकोट गाउँपालिकामा पाँच वटा अतिसंवेदनशील र दुई मतदानस्थल संवेदनशील छन् ।
त्यसैगरी १२ मतदानस्थल रहेको सर्केगार्ड गाउँपालिकामा पाँच अति संवेदनशील, चार संवेदनशील र तीन सामान्य छन् । पाँच मतदानस्थल रहेको खार्पुनाथ गाउँपालिकामा दुई अतिसंवेदनशील, दुई संवेदनशील र एउटा सामान्य छ । यस्तै एघार मतदानस्थल रहेको नाम्खा गाउँपालिकामा पाँच अतिसंवेदनशील, चार संवेदनशील र दुई सामान्य अवस्थाका मतदानस्थल निर्धारण गरिएको छ ।
सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकामा नौ मतदानस्थल रहेकामा चार अतिसंवेदनशील, दुई संवेदनशील र तीन सामान्य छन् । मुख्यगरी भौगोलिक विकटता र राजनीतिक विवादलाई आधार मानेर मतदानस्थलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरिएको जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाले बताए ।
यसरी निर्धारण गरिएका मतदानस्थलअनुसार सुरक्षा व्यवस्थासमेत निर्वाचनका बेला गरिनेछ । नाम्खा र चङ्खेली गाउँपालिकामा नयाँ मतदानस्थल थपिएका हुन् । मङ्सिर ५ गते तोकिएको अवधिमा हुम्लाको मतदाता सङ्ख्या ३४ हजार ५०२ छ । यसअघि २०७९ सालको निर्वाचनमा ५८ मतदानस्थल कायम गरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण