रानीबारीका कवाडी सङ्कलन केन्द्रमा महानगरको डोजर, तस्बिरहरू
बिहीबार, २५ मङ्सिर २०८२, १७ : २९
सारांश
- काठमाडौं महानगरपालिकाले रानीबारीमा गैरकानुनी कवाडी सङ्कलन केन्द्र हटाएको छ।
- सङ्कलन केन्द्र भारतका राम साहले सञ्चालन गरेको र अटेर गरेपछि डोजर चलाइएको हो।
- कवाडी व्यापारीहरूले महानगरमाथि सम्झौता तोडेको आरोप लगाएका छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रानीबारी क्षेत्रमा गैरकानुनी रूपमा सञ्चालित रहेको भन्दै कवाडी सङ्कलन केन्द्रमा डोजर चलाएर हटाएको छ।
_HqHBuerfXa.jpg)
महानगरका अनुसार यो केन्द्र भारतको बिहारका राम साहले सञ्चालन गर्दै आएका थिए। पटक-पटक हटाउन आग्रह गर्दा पनि अटेरी गरेपछि महानगरले अन्तिममा डोजर प्रयोग गरेको हो।
_0cZWddvasi.jpg)
करिब ४-५ आना जग्गा भाडामा लिएर यो कवाडी सङ्कलन केन्द्र सञ्चालन गरिएको थियो। यता, कवाडी व्यापारीहरूले भने पैसा नदिई एकैपटक सम्झौता च्यातिदिएको आरोप महानगरमाथि लगाएका छन्।
_iB0U9O9EJC.jpg)
महानगरले चक्रपथभित्र कवाडी सङ्कलन केन्द्र नराख्न आग्रह गर्दै आएको छ र यसअघि पनि चक्रपथभित्रका विभिन्न स्थानमा सञ्चालनमा रहेका यस्ता केन्द्रहरू हटाएको थियो।
_OBCwHH9HBC.jpg)
_JLxeGADszs.jpg)
_0iqL3GzHsG.jpg)
_he1iyElyIb.jpg)
_S24B9yjuJn.jpg)
_urGM6vlFRh.jpg)
_gWKjFkYpOM.jpg)
_mRGScjIDB9.jpg)
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण