शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नयाँ पुस्तालाई राजनीतिक रुपमा सङ्गठित गर्न नसक्दा जेनजी आन्दोलन : बिजुक्छे

बिहीबार, २५ मङ्सिर २०८२, २० : १४
बिहीबार, २५ मङ्सिर २०८२

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले नयाँ पुस्तालाई राजनीतिक रुपमा सङ्गठित पार्न नसक्दा जेनजी आन्दोलनका नाममा देशले ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन् । 

भक्तपुर नगरपालिकाले आजदेखि आयोजना गरेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियागिताको उद्घाटन गर्दै उनले जेनजीका नाममा भएको घटनाले देशको प्रशासनिक केन्द्र सिंहदरबार, संसद् भवन र धेरै मन्त्रालयहरु तथा देशभरका सरकारी कार्यालय जलाउनु सही नभएको उल्लेख गरे ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं कार्यक्रमका सभापति सुनील प्रजापतिले आजदेखि पुस १ गतेसम्म सञ्चालन हुने खेलकुद प्रतियोगितामा टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्दो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल गरी १५ वटा खेलमा प्रतियोगीबीच प्रतिस्पर्धा हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप