सर्लाही क्षेत्र नम्बर २ बाट राजेन्द्र महताे एकल सिफारिस
बिहीबार, २५ मङ्सिर २०८२, २० : २८
जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो एकल सिफारिस भएका छन् ।
पार्टी जिल्ला कार्यसमिति सर्लाहीको बिहीबार मलंगवामा बसेको बैठकले अध्यक्ष महतोलाई सर्लाही–२ बाट एकल उम्मेदवार सिफारिस गरेको हो ।
अध्यक्ष गणेश यादवका अनुसार सर्लाही क्षेत्र नम्बर २ मा पार्टी सङ्गठन, जनसमर्थन र राजनीतिक आवश्यकता लगायत दृष्टिकोणबाट अध्यक्ष महतो नै उचित उम्मेदवार भएको बताए ।
अन्य निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नाम भने अर्को बैठकले टुङ्गो लगाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण