हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई
काठमाडौँ । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले हिमालयन युनिभर्सिटी कन्सोर्टियम (हिमाली विश्वविद्यालय सञ्जाल) को सचिवालय औपचारिक रूपमा काठमाडौँ विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ ।
इसिमोडको मुख्यालयमा आयोजित एक समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गर्दै इसिमोडले बुधबार काठमाडौँ विश्वविद्यालयलाई सचिवालय हस्तान्तरण गरेको हो ।
हिमाली विश्वविद्यालय कन्सोर्टियम सन् २००७ मा स्थापना गरिएको विश्वविद्यालयको सञ्जाल हो, जसले हिन्दूकुश–हिमालय क्षेत्रभित्रका विश्वविद्यालयहरू बीचको सहकार्यलाई सघन बनाउँदै विकासका साझा चुनौतीका क्षेत्रमा काम गर्छ । यसको मुख्य उद्देश्य विशेषतः पहाडी क्षेत्रमा देखिने समस्या समाधान गर्न ज्ञान आदानप्रदानको ‘प्लेटफर्म’ बनाउनु हो ।
हाल हिमाली विश्वविद्यालय कन्सोर्टियम हिन्दूकुश–हिमालयभित्र तथा बाहिरका १०० भन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाहरू सञ्जालमा आबद्ध छन् ।
हिमाली विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौं विश्वविद्यालयमा सर्ने निर्णयले कन्सोर्टियमको पूर्वनिर्धारित लक्ष्य अनुरुप कन्सोर्टियमलाई स्वतन्त्र बनाउनुका साथै स्थानीय मर्म र प्राज्ञिक छविमा ऊर्जा थप्ने काम गरेको बताइएको छ ।
इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले सम्झौतापत्रमा हस्ताक्षरपछि यसले दिगो पर्वतीय विकासका लागि क्षेत्रीय नेतृत्व र अनुसन्धानलाई सुदृढ पार्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्वित गरेको उल्लेख गरे ।
काठमाडौँ विश्वविद्यालयका कुलपति प्रा अच्युत वाग्लेले हिन्दूकुश–हिमालय क्षेत्रका विश्वविद्यालयहरूबीचको शैक्षिक सहकार्यमा यो नयाँ कोसेढुङ्गा सावित हुने उल्लेख गरे ।
उनले काठमाडौँ विश्वविद्यालय क्षेत्र तथा क्षेत्रबाहिरका उच्च शिक्षण संस्थाहरूसँगको सहकार्यलाई अझ उपयोगी दिशामा अघि बढाउन तयार रहेको बताए ।
समारोहमा नेपालका लागि बेलायतका राजदूत महामहिम रोब फेनले हिन्दू–कुश हिमालय क्षेत्रमा यो कन्सोर्टियम स्थापित हुनु शैक्षिक समुदायका लागि लाभदायक हुने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण