प्रेस चौतारीका पूर्वअध्यक्ष अर्याल एमाले केन्द्रीय सदस्यमा उठ्ने
सारांश
- राजेन्द्र अर्यालले नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
- प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष अर्यालले पार्टीमा निरन्तरता र निष्ठाका आधारमा दाबी प्रस्तुत गरे।
- अर्यालले यसअघि चितवनमा सम्पन्न १०औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यको दाबेदार थिए।
काठमाडौँ । प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष राजेन्द्र अर्याल नेकपा एमालेको ११ औँ महाधिवेशनमा केन्द्रीय सदय पदमा उम्मेदवारी दिने बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई साथ दिँदै आएका अर्यालले पार्टीमा निरन्तरता र निष्ठाका आधारमा यसपटक केन्द्रीय सदस्यको स्वाभाविक दाबेदार रहेको बताए ।
शुक्रबार काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रेस चौतारी नेपाल पार्टीको एउटा सशक्त जनसङ्गठन भए पनि नीति निर्माण गर्ने केन्द्रमा प्रतिनिधित्व नभएकोले यसपटक चौतारीको तर्फबाट अघि बढेको र स्वाभाविक दाबी भएको उल्लेख गरे ।
चितवनमा सम्पन्न १० औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यको प्रवल दाबेदार रहे पनि नेतृत्वको आग्रहका कारण पछि हट्नु परेको अर्यालले सुनाए । अर्यालले आफू पार्टीका हरेक चुनौती र सङ्कटमा अडिग रूपमा उभिएको बताउँदै भने– ‘म पार्टीबाट नबरालिएको मान्छे हो । आजसम्म कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएको छु ।’
प्रेस चौतारी नेपालको सफल अध्यक्षको छवि बनाएका अर्यालले उपत्यका विशेष प्रदेश कमिटीको सचिवालय सदस्य, गुल्मी काठमाडौँ सम्पर्क मञ्चको अध्यक्ष, अनेरास्ववियु गुल्मी काठमाडौँ सम्पर्क कमिटी अध्यक्ष, अनेरास्ववियु गुल्मी सचिवालय सदस्यका रूपमा काम गर्दै पछिल्लो पटक गुल्मीको भूगोलमा समेत रहेर सङ्गठनका काममा खटिरहेका छन् ।
अर्याल प्रेस चौतारीको अध्यक्ष भएका बेला चौतारीले पत्रकारहरूको साझा मोर्चा तथा संस्था नेपाल पत्रकार महासङ्घ, सामुदायिक रेडियोहरूको सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घ, रेडियो सञ्चालकहरूको छाता सङ्गठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान), टेलिभिजनकर्मीहरुको सङ्गठन, महिलाहरूको सङ्गठन सञ्चारिका समूह, आदिवासी जनजाति पत्रकारहरूको सङ्गठन नेपाल आदिवासी जनजाति महासङ्घ लगायतमा चौतारीले जित हासिल गरेका थिए ।
अहिले पार्टीमा अध्यक्ष केपी ओलीको विकल्प नरहेको उल्लेख गर्दै अर्यालले भने– ‘विभिन्न कारणले गर्दा देशमा देशको यो सङ्कटपूर्ण स्थितिमा सहमतिबाट नेतृत्व निर्माण होस् भन्ने नै हो । आम पार्टी पङ्क्तिको मुड देखिएकै सकेको छ कि यो सङ्कटपूर्ण अवस्थामा चाहिँ हामीलाई अझ केही समय केपी शर्मा ओलीको नेतृत्व चाहिन्छ भन्ने छ ।’
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदैछ । भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण