दराज नेपालद्वारा बृहत् बचत तथा आकर्षक उपहारसहित '१२.१२ ग्राण्ड इयर एन्ड सेल' घोषणा
सारांश
- दराज नेपालले १२.१२ ग्राण्ड इयर एन्ड सेल घोषणा गरेको छ, जसमा ८०% सम्मको छुट उपलब्ध हुनेछ।
- सेलमा विभिन्न ब्रान्डहरूले छुट प्रदान गर्नेछन्, जसमा सेताफिल, र्होटो, ब्राण्डहाउस, एईविबी, स्ट्रिक्स, नाईक र लोट्टो नेपाल रहेका छन्।
- ग्राहकहरूले खल्ती वालेट प्रयोग गर्दा १०% सम्मको छुट र एड टू कार्ट एन्ड विन र बाई एन्ड विन जस्ता अफरहरूबाट आकर्षक उपहार जित्न सक्नेछन्।
काठमाडौँ । दराज नेपालले वर्षकै सर्वाधिक ठुलो सपिङ सिजनको ग्रान्ड फाइनलका रूपमा १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा गरेको छ । यो सेल पौष ३ सम्म सञ्चालन हुने दराजले जानकारी दिएको छ । कम्पनीका अनुसार सेल मार्फत ग्राहकहरूले ८० प्रतिशत सम्मको फ्ल्यास सेल, ७० प्रतिशत सम्मको मेगा डिल, र छानिएका सामानहरूमा निःशुल्क ढुवानी सुविधाको फाइदा लिन सकिनेछ ।
यस वर्षको १२.१२ सेलमा साझेदार ब्रान्डहरू मार्फत आकर्षक छुटहरु पनि प्रबन्ध मिलाइएको छ । सेलका लागि प्लाटिनम पार्टनर सेताफिलले ४१ प्रतिशत सम्मको छुट, गोल्ड पार्टनर र्होटो, ब्राण्डहाउस र एईविबी मार्फत ६०% सम्म छुट र सिल्भर पार्टनर स्ट्रिक्स, नाईक र लोट्टो नेपालका तर्फबाटे ५० प्रतिशत सम्मको आकर्षक छुटपनि उपलब्ध हुने जानकारी दिइएको छ ।
यो सेलको प्रमुख आकर्षणका रुपमा क्रेजी फ्ल्याश सेलपनि रहने छ । क्रेजी फ्ल्याश सेल, डिसेम्बर ११को राति ८ बजेदेखि सुरु गरिनेछ । यसका साथै, सीमित स्टकमा उपलब्ध गरिने फ्ल्यास डिलहरूसँगै, सेल अवधिभर दैनिक फ्ल्यास सेल प्राइस ड्रप अफरहरूबाट पनि लाभ उपभोक्ताहरुले मनग्य लाभ लिन सक्नेछन् ।
यस पटक, खल्टी वालेट प्रयोगकर्ताहरुका लागि सेल अवधिभर १० प्रतिशत सम्म (अधिकतम रु. २००)को छुट लगायत अफरहरूको पनि व्यवस्था गरिएको छ । यो सुविधा मार्फत क्याशलेस भुक्तानीलाई अझ सहज र लाभदायक बनाउनका लागि उल्लेख्य तेवा पुग्नेमा कम्पनी विस्वस्त रहेको छ ।
दराजले यस पटक आफ्ना ग्राहकहरूका लागि आकर्षक उपहारहरू जित्ने सुनौलो अवसरपनि प्रदान गर्ने भएको छ । एड टू कार्ट एन्ड विन र बाई एन्ड विन फिचर मार्फत ७ जना भाग्यशाली ग्राहकहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् ।
एड टू कार्ट एण्ड विन अन्तर्गत, रु. १०,००० भन्दा बढीका सामान कार्टमा राख्दा एक भाग्यशाली ग्राहकले अलेवा स्टील स्मार्टवाच, ड्रिपपड्स इयरबड्स, र गिज्मो पावर बैंक (कुल मूल्य रु. १२,९९९ पर्ने) लगायत उपहारहरू जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन् ।
बाई एन्ड विन अन्तर्गत, कुनै पनि पेमेन्टका माध्यमबाट रु. ५,००० भन्दा बढीको अर्डर गर्ने ग्राहकहरूले निम्न उपहारहरूका लागि लक्की ड्रमा सहभागिता जनाउन सक्नेछन्ः
- मूल्य रु. १६,३०० पर्ने हावेल्स बन्डल – १ जना विजेता
- मूल्य रु. १४,९०० पर्ने लोट्टो ईनर्जेक्स ह््वाइट नेभी रनिंग शुज – १ जना विजेता
- मूल्य रु. २,४९९ पर्ने रेडमी बड्स फाइभ ए – २ जना विजेता
- मूल्य रु ४,४९९ पर्ने सियाओमी क्यामेरा सी२०० – २ जना विजेता
ब्राउज गर्दा होस् वा किनमेल, ग्राहकहरूले दराज १२.१२ ग्रान्ड इयर एन्ड सेल मार्फत बृहत् बचत तथा ठुला आकर्षक अफरहरु दुवै प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण