अस्ट्रियाद्वारा विद्यालयहरूमा हिजाबमाथि प्रतिबन्ध लगाउने कानुन पारित
सारांश
- अस्ट्रियाले विद्यालयहरूमा हिजाबमाथि प्रतिबन्ध लगाउने नयाँ कानुन पारित गरेको छ।
- कानुनलाई लैङ्गिक समानताका लागि प्रतिबद्धता भनिए पनि आलोचकहरूले मुस्लिम विरोधी भावना बढ्ने बताएका छन्।
- उल्लंघन भएमा जरिवाना र बाल कल्याण एजेन्सीलाई सूचित गर्ने व्यवस्था गरिएको छ।
भियना । मध्य युरोपको देश अस्ट्रियाले विद्यालयहरूमा हिजाब माथि कडा प्रतिबन्ध लगाउने नयाँ कानुन पारित गरेको छ। यहाँ दक्षिणपन्थी पार्टीको नेतृत्वमा तीन मध्यमार्गी पार्टीहरू सम्मिलित गठबन्धन सरकार रहेको छ।
सरकारले यो कानुनलाई ‘लैङ्गिक समानताका लागि स्पष्ट प्रतिबद्धता’ भने पनि आलोचकहरूले यसले देशमा मुस्लिम विरोधी भावना बढाउने र असंवैधानिक हुन सक्ने भन्दै आलोचना गरेका छन्। यो प्रावधान सरकारी र निजी, दुवै प्रकारका विद्यालयहरूमा लागू हुनेछ।
स्मरण रहोस्, सन् २०२० मा पनि १० वर्षभन्दा कम उमेरका छात्राहरूका लागि लगाइएको यस्तै हिजाब प्रतिबन्धलाई संवैधानिक अदालतले खारेज गरिदिएको थियो।
नयाँ कानुनअन्तर्गत यदि कुनै छात्राले यो प्रतिबन्धको उल्लङ्घन गरेमा उसले विद्यालयका अधिकारीहरू र आफ्ना कानुनी अभिभावकसँग पटकपटक बैठकहरूमा सहभागी हुनुपर्नेछ।
बारम्बार उल्लङ्घन भएमा बाल तथा युवा कल्याण एजेन्सीलाई सूचित गर्न अनिवार्य हुनेछ। अन्तिम विकल्पको रूपमा, परिवार वा अभिभावकहरूमाथि अधिकतम ८०० युरोसम्मको जरिवाना लगाउन सकिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण