मलाई पुस्तकमा जीवन छताछुल्ल पार्नुपर्दा कठिन लागेको थियो : राजेश हमाल
सारांश
- राजेश हमालले कुनै पनि पेशामा इमान्दारिताका साथ काम गर्दा उच्चतम परिचय बनाउन सकिने बताए।
- उनले पुस्तक लेख्दाका अनुभव सुनाउँदै जीवनका विभिन्न पक्षलाई इमान्दारिताका साथ समेटेको बताए।
- किताब जात्रामा उनले जीवन, परिचय र अनुभवबारे चर्चा गर्दै मानिसको रुचिको विषय अर्को व्यक्ति हुने धारणा राखे।
काठमाडौँ । महानायक राजेश हमालले कुनै पनि पेसामा आफ्नो उच्चतम परिचय बनाउनु आवश्यक रहेको बताएका छन् । त्यो परिचय इमानदारिताकासाथ काम गर्दा मात्र सम्भव हुने उनले औँल्याएका छन्।
किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘जिन्दगी र विज्ञापन’ सेसनमा उनले व्यक्तिगत परिचयलाई प्राथमिकता दिने नभई कर्मलाई प्राथमिकता दिने व्यक्ति भएको बताए।
‘पुस्तक लेख्ने कार्य कठिन रहेछ। मलाई त झनै कठिन भयो, किनकि म व्यक्तिगत कुरा झट्टै साट्ने चाहने मानिस होइन। तर, पुस्तकमा जीवन छताछुल्ल पार्नुपर्दा कठिन लाग्यो। मैले प्रकाशकसँग आफ्ना विषय छताछुल्ल पार्न गाह्रो हुन्छ पनि भनेको थिएँ। त्यसपछि उहाँले एउटा फर्मेट दिनु भयो। र, पुस्तक तयार भयो’ उनले भने।
पुस्तक लेख्दा ६ महिनादेखि एक वर्षमा सकिएला भन्ने लागेकोमा तीन वर्षमा सकिएको उनले बताए । यो बिचमा लेखक योगेशसँग हृदयका गहिराइका कुरा आफूले गरेको अनुभूति उनले सुनाए।
पुस्तकमा जीवन, बाल्यकाल, भोगाइ, समाज र यसप्रति मेरो जिम्मेवारी, दृष्टिकोणलगायत विषय पुस्तकमा असाध्यै इमानदारिताका साथ समेटिएको उनले बताए । पुस्तकमा जीवनका विभिन्न विन्दुमा भेटघाट भएका व्यक्तिको जीवनलाई छुँदा भने अलि संवेदनशील भएको उनी बताउँछन्।
सहजकर्ता अभय पाण्डेसँग ‘जिन्दगी र विज्ञापन विषय’मा बोल्दै हमाले जीवन, परिचय र अनुभव जस्ता जीवनका आयामहरूबारे मन्थन गरेका थिए।
‘मान्छेको सबैभन्दा रुचीको विषय भनेको अर्को व्यक्ति हो। म कस्तो देखिएको छु, मलाई के सोचिरहेका छन् भन्ने अर्को व्यक्तिको सोचाइमा छ कि छैन भन्ने कुरा मान्छेको दिमागमा खेलिरहेको हुन्छ। तपाईं एकदम भयङ्कर हुनुपर्छ भन्ने छैन। हरेकको आफ्नै विन्दु र दृष्टिकोण हुन्छ । बौद्धिक रूपमा मात्र हामी फरक हुने हो। सिर्जना गर्ने व्यक्तिलाई आ–आफ्नो हिसाबले सिर्जना गर्ने स्वतन्त्रता हुनुपर्छ,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण