आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह
सारांश
- मन्त्री कुलमान घिसिङले फागुन २१ गते हुने निर्वाचनमा सही नेतृत्व चयन गर्न आग्रह गरे।
- उनले देशको परिवर्तनका लागि सक्षम नेतृत्व छान्नुपर्ने र जनताको आशाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
- घिसिङले रौतहटमा निर्माणाधीन विकास आयोजनाको अनुगमन गर्नुका साथै सिंचाइ परियोजनाबारे जानकारी दिए।
रौतहट । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास एवं ऊर्जामन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सही नेतृत्व चयन गर्न आग्रह गरेका छन्।
रौतहटको चन्द्रपुर–८ मर्धरमा शुक्रबार ‘जन्मदिनलाई सतकर्ममा जोडौँ’ अभियान अन्तर्गत आयोजित वृक्षरोपण जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री घिसिङले देशको परिवर्तनका लागि राजनीतिक नेतृत्व सही हुनुपर्ने बताएका हुन्। उनले देशले नयाँ र सक्षम नेतृत्व खोजिरहेको अवस्थामा आउँदो निर्वाचनमा देशलाई माया गर्ने र देशप्रति समर्पित नेतृत्व छान्नसमेत आग्रह गरे।
जनताका आशा र अपेक्षा धेरै भएको बताउँदै मन्त्री घिसिङले भने, “तीन महिनाभित्र सक्ने किसिमको काम हामी गरेर देखाउँछौँ, तर तीन महिनापछि पनि धेरै काम गर्नुपर्ने हुँदा सही नेतृत्व छान्ने काम जनताको हो।”
उनले काम गर्न नसक्ने निर्माण व्यवसायीलाई धमाधम कारबाही गरिरहेको उल्लेख गर्दै रौतहटमा पनि काम गर्न नसक्नेलाई कारबाही गरेर विकासका काम अगाडि बढाउने बताए। आफू विद्युत् प्राधिकरणको कार्यकारी अधिकृत हुँदा विद्युत्को क्षेत्रमा आमूल परिवर्तन आएको भए पनि अब देशको सबै क्षेत्रमा आमूल परिवर्तनको खाँचो रहेको उनको धारणा थियो। देशका अधिकांश समस्या समाधान गर्न सही नेतृत्व आवश्यक भएकोले त्यसतर्फ आम नागरिकले ध्यान दिनुपर्ने उनले बताए।
कार्यक्रममा मन्त्री घिसिङले किसानको माग अनुसार अहिले सिँचाइ मन्त्रालय अन्तर्गत करिब रु १७/१८ अर्ब बराबरको डिप बोरिङ परियोजना चलिरहेको जानकारी दिए।
नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सचिव गोविन्द चौलागाईंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललगायतको सहभागिता थियो।
मन्त्री घिसिङले शुक्रबार नै रौतहटको चन्द्रपुर–३ स्थित चाँदी नदीको पुल, दुर्गाभगवती गाउँपालिका–४ को बागमती नदीमा रहेको बडहर्वा पुल, गौर इशनाथ नगरपालिका जोड्ने बकैया नदीको टिकुलियाघाटको पुललगायतको अनुगमन गर्ने कार्यक्रम रहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण