उपचारको क्रममा कैदी बन्दीको मृत्यु
शुक्रबार, २६ मङ्सिर २०८२, १७ : ४९
वीरगञ्ज । वीरगञ्ज कारागारमा कैदभुक्तान गर्दै आएका एक जना कैदी बन्दीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगर–१२ मुर्लीका ३७ वर्षीय अनिल महतो रहेका छन् ।
वीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीले उपचारका क्रममा एक जना सवारी ज्यान मुद्दाका कैदी बन्दी महतोको मृत्यु भएको जानकारी दिए ।
“कैदी बन्दीलाई स्वास्थ्यमा अप्ठ्यारो हुनेबित्तिकै नारायणी अस्पतालमा पुर्याएका थियौँ । तर, उहाँको उपचारका क्रममा मृत्यु भएको हो”, उनले भने । महतो सवारी ज्यान मुद्दामा अदालतबाट तीन वर्ष कैद सजाय र रु दुई हजार जरिवाना तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण