भारतमा महिलाहरूको आर्थिक पहुँच बढाउन एडीबीद्वारा दश करोड अमेरिकी डलर ऋण स्वीकृत
काठमाडाैँ । भारतमा कम आए भएका महिलाहरुको आर्थिक पहुँच बढाउन एसियन डेभलपमेन्ट बैङ्क (एडीबी) ले शुक्रबार फाइभ स्टार बिजनेस फाइनान्स लिमिटेड (एफ बी एफ एल) सँग दश करोड अमेरिकी डलर ऋण सम्झौतामा हस्ताक्षर गरेको छ ।
जसले भारतमा कम आय समूहका महिलाहरूका लागि सूक्ष्म, साना र मध्यम आकारका उद्यम र व्यवसायमा पहुँच विस्तार गर्न सघाउने अपेक्षा गरिएको छ ।
महिला उधारकर्ताहरूका लागि कम्पनीको ऋण पोर्टफोलियो बढाउने उद्देश्यले यस ऋणलाई परियोजनाको कोषका लागि प्रयोग गरिने बैङ्कले जनाएको छ ।
कोषहरू अन्तर्राष्ट्रिय मापदण्डसँग जोडिएको सामाजिक वित्त ढाँचा अन्तर्गत तैनाथ गरिनेछ, जुन एडीबी प्राविधिक सहयोग मार्फत बाह्य रूपमा प्रमाणित हुनेछ ।
यसले एफबिएफएललाई अनुकूल ग्राहक संलग्नता, डिजिटल वित्तीय साक्षरता कार्यक्रम, र समावेशी कार्यस्थल प्रशिक्षण सहित यसको सञ्चालन भित्र लैङ्गिक–उत्तरदायी अभ्यासहरू समावेश गर्न सहयोग गर्नेछ ।
“भारतमा महिला उद्यमीहरू, विशेष गरी कम आय वर्गका महिला उद्यमीहरूले आर्थिक अभाव, अनौपचारिक आय स्रोत र सीमित वित्तीय साक्षरता जस्ता प्रणालीगत अवरोधहरूको सामना गर्दै आएको भारतका लागि एडीबीका कन्ट्री डाइरेक्टर मियो ओकाले बताए ।
एफबिएफएलले मुख्य सहरहरू र त्यसभन्दा बाहिर महिला उधारकर्ताहरूलाई सहयोग गर्ने लगायत कम सेवा प्राप्त क्षेत्रहरूको सेवा गर्न वित्त प्रदान गर्दछ भने कम्पनीले भारतमा ७०० भन्दा बढी शाखाहरू मार्फत चार लाख भन्दा बढी उधारकर्ताहरूलाई सेवा दिदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण