दार्चुलाबाट बडूको एकल सिफारिस
शनिबार, २७ मङ्सिर २०८२, ०० : ३४
सारांश
- नेपाली कांग्रेस दार्चुलाले दिलेन्द्रप्रसाद बडूलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि सिफारिस गर्यो।
- कांग्रेसले समानुपातिक र राष्ट्रियसभा सदस्यका लागि अन्य व्यक्तिको नाम पनि सिफारिस गरेको छ।
- बडूले २०७९ को निर्वाचनमा दार्चुलाबाट प्रत्यक्ष चुनाव जितेका थिए।
दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेस दार्चुलाले जिल्लाबाट दिलेन्द्रप्रसाद बडूको नाम सिफारिस गरेको छ । कांग्रेस जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ बडूको नाम एकल रूपमा सिफारिस गरेको हो ।
कांग्रेस दार्चुलाका सभापति ललितसिंह बोहराका अनुसार समानुपातिकतर्फ करविरसिंह कार्की, महिलाबाट आनन्दी पन्त भट्ट, राष्ट्रियसभाका लागि पुरुषतर्फ महादेव बडू, गणेशराज भट्ट, चन्द्रसिंह सामन्त, महिलातर्फ द्रोपती डाँगा, विसन्ता सिनाल, शान्ति कार्की, देउमा लोथ्यालको नाम सिफारिस गरिएको छ ।
विसं २०७९ मा भएको निर्वाचनमा बडूले दार्चुलाबाट प्रत्यक्ष जित हासिल गरेका थिए । उनले उक्त निर्वाचनमा एमालेका गणेश सिंह ठगुन्नालाई पराजित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण