एमालेमा मनोनीत प्रतिनिधि : ६०/४० को रेसियोमा भागबन्डा
सारांश
- एमाले महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले प्रतिनिधि छनोटमा ६०/४० को भागबण्डा गरेका छन्।
- मनोनीत हुने १०८ जना महाधिवेशन प्रतिनिधिमा दुवै नेताको सहमति जुटेको र शनिबार नाम टुंगो लागेको हो।
- एमालेको ११औँ महाधिवेशन भक्तपुरमा उद्घाटन हुनेछ भने बन्दसत्र काठमाडौँमा हुनेछ, जसमा ओली र पोखरेलबीच प्रतिस्पर्धा हुने सम्भावना छ।
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा मनोनीत हुने १०८ जना महाधिवेशन प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले ६०/४० को रेसियोमा भागवण्डा गरेका छन् ।
शुक्रबार झन्डै ५ घण्टा बसेको सचिवालय बैठकमा भएको छलफल अनुसार ओली र पोखरेल समूहले ६०/४० को रेसियोमा प्रतिनिधि मनोनीत गर्ने सहमति बनेको एक पदाधिकारीले बताए ।
‘ठ्याक्कै ६०/४० को रेसियो त भनिएन तर लगभग त्यस्तै हुनुपर्छ भन्ने बुझाई हो’, ती पदाधिकारीले भने, ‘सबैलाई मिलाएर लानुपर्छ, सबैको भावना समेट्नुपर्छ भनिएको छ ।’
एमाले विधान अनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्न सकिने छ । शुक्रबारको बैठकमा अध्यक्ष ओलीका तर्फबाट झन्डै २ सयको नाम मनोनीतका लागि पढेर सुनाइएपछि पोखरेल पक्षले त्यसलाई अस्वीकार गरेको थियो । त्यसपछि ओली पोखरेल समझदारीमा दुवैतर्फका १०८ जनाको नाम फाइनल गर्ने सहमति भएको थियो ।
मनोनीत गर्ने १०८ जनाको नाम नेताहरूले शनिबार बिहान टुङ्गो लगाएका छन् । शनिबार दुवै नेता बसेर मनोनीतको नाम फाइनल गरिएको हो ।
महाधिवेशनका लागि २ हजार १५४ जना प्रतिनिधि निर्वाचित भैसकेका थिए । नेताहरूले १०८ मनोनीत गरेपछि ११औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि सङ्ख्या २ हजार २ सय ६२ जना पुगेको छ । मनोनीतसहित सबै प्रतिनिधिहरूको नामावली अनलाइनमै प्रकाशित गर्ने तयारी भएको एमाले सङ्गठन विभागका सचिव माधव ढुङ्गेलको भनाइ छ ।
मनोनीत प्रतिनिधिहरू विभिन्न भ्रातृ सङ्गठन, प्रदेश कमिटी,बुद्धिजीवी युवा विद्यार्थी,पेसागत महासङ्घ,सल्लाहकार परिषद् लगायतबाट समेटिएको छ ।
एमाले महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा उद्घाटन हुदैछ । बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । यो महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र नेता ईश्वर पाखरेलबिच प्रतिस्पर्धा हुने निश्चित जस्तै भएको छ ।
पोखरेललाई पूर्व राष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्या भण्डारीको समर्थन रहेको छ । पोखरेलले पार्टीमा लोकतान्त्रीकरणको विषय उठाउँदै फरक मत पार्टीमा दर्ता गराइसकेका छन् । तर उनको फरक मत महाधिवेशनमा छलफल भने नहुने भएको छ । सचिवालय बैठकमा पोखरेलको प्रस्ताव बन्दसत्रमा वितरण गर्न भने दिने र पोखरेलले बोल्दा व्याख्या गर्न पाउनेगरी सहमति जुटेको नेताहरूको भनाई छ ।
दुवै पक्षले १५ पदाधिकारीमा प्यानल नै बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरेपनि प्यानल सार्वजनिक गर्न सकेका छैनन् । नेकपा एमालेको १० औँ महाधिवेशन चार वर्ष अघि चितवनको सौराहामा भएको थियो । त्यसबेला अध्यक्षमा ओलीसँग नेता भीम रावलले प्रतिस्पर्धा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण