सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते
शनिबार, २७ मङ्सिर २०८२, १६ : ११
सारांश
- राष्ट्रिय विपद् प्राधिकरणले चिसो मौसममा आगलागी बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
- प्राधिकरणका अनुसार एक महिनामा आगलागीका घटनाबाट ८ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन्।
- प्राधिकरणले आगलागीका घटनालाई मध्यनजर गर्दै सरोकारवालालाई विशेष ध्यान दिन आग्रह गरेको छ।
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो र सुक्खायाम बढेसँगै आगलागीका घटनामा वृद्धि भएको भन्दै आम सर्वसाधारण तथा सरोकारवाला निकायलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो एक महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ ।
प्राधिकरणका अनुसार मिति २०८२ कार्तिक २५ गतेदेखि मङ्सिर २६ गतेसम्मको छोटो अवधिमा देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा परी ८ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण