शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुरमा स्वदेशी बजार आयोजना

शनिबार, २७ मङ्सिर २०८२, १२ : ५०
शनिबार, २७ मङ्सिर २०८२

सारांश

  • सिएनआई र उद्योग मन्त्रालयको सहकार्यमा ललितपुरमा 'स्वदेशी बजार २०२५' आयोजना गरिएको छ।
  • प्रदर्शनीको मुख्य उद्देश्य गुणस्तरीय नेपाली उत्पादनको प्रवर्द्धन र बजार पहुँचमा सहयोग गर्नु हो।
  • प्रदर्शनीमा ४०-५० उद्योगका उत्पादनहरू प्रदर्शन गरिनेछन्, जसमा ३ हजारभन्दा बढी मानिसको सहभागिता हुने अनुमान छ।

ललितपुर । नेपाल उद्योग परिसंघ (सिएनआई) र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सञ्चालित मेक इन नेपाल –स्वदेशी अभियानले उद्योग विभागको सहयोग एवं समन्वयमा स्वदेशी बजार २०२५ आयोजना गरिएको छ ।

आज अन्तर्राष्ट्रिय क्लब, ललितपुरमा सञ्चालन भएको सो एकदिने प्रदर्शनीले “नेपालमै बनेका उत्पादन–नेपालकै पहिचान” भन्ने अवधारणामा गुणस्तरीय नेपाली उत्पादनको प्रवर्द्धन, स्वदेशी उद्योग तथा उद्यमहरूको क्षमता अभिवृद्धि, र घरेलु उत्पादकहरूलाई बजार पहुँचमा सहयोग पुर्‍याउने उद्देश्य लिएको परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले जानकारी दिए ।

साना, मझौला तथा घरेलु उद्योगहरूको प्रवर्द्धनका लागि निःशुल्क स्टल सुविधा र सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा तीन हजार भन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ ।

4-CNI SWADESHI BAZAR_ (11)

प्रदर्शनीमा कृषि तथा एग्रो–प्रविधि, खाद्य तथा प्रशोधित उत्पादन, वस्त्र तथा पहिरन, हस्तकला तथा कला उद्योग, आयुर्वेदिक तथा स्वास्थ्य सेवा सम्बन्धी उत्पादन, सजावट सामग्री, चिया तथा पेय पदार्थ, र अन्य उत्पादन निर्माण सम्बन्धी उद्योगसहित करिब ४०–५० उद्योग तथा उद्यम सहभागी भएका छन्। 

3-CNI SWADESHI BAZAR_ (13)

यसमार्फत सहभागी उद्योगहरूलाई आफ्ना उत्पादन तथा सेवाहरू सार्वजनिक रूपमा प्रदर्शन गर्ने, उपभोक्तासँग प्रत्यक्ष रूपमा संवाद एवं अन्तरक्रिया गर्ने, तथा सम्भावित खरिदकर्ता, वितरक, व्यावसायिक साझेदार र सरोकारवालाहरूसँग नेटवर्क विस्तारका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

2-CNI SWADESHI BAZAR_ (16)

अध्यक्ष पाण्डेले स्वदेशी बजार २०२५ ले नेपाली उद्योग, सीप, नवप्रवर्तन र उद्यमशीलताको पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्ने तथा स्वदेशी उत्पादनको उपभोग प्रवर्द्धनमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप