महाधिवेशनले एमाले थप बलियो भएको सन्देश दिएको छ : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले यतिबेला मुलुकको संविधान घायल भएको र लोकतन्त्र कमजोर भएको बताएका छन् । भक्तपुरको सल्लाघारीमा सुरु भएको एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै महासचिव पोखरेलले भदौ २३ पछिका घटनालाई प्रतिगमनको संज्ञा दिँदै यस्तो बताएका हुन् ।
‘संविधान घायल भएको छ । लोकतन्त्र कमजोर बनाइएको छ’, पोखरेलले भने– ‘जनताले निर्वाचित गरेको प्रतिनिधिसभा विघटन भएको छ ।’
उनले भदौ २३ र २४ को घटनापछि नेकपा एमालेविरुद्ध सङ्गठित र सुनियोजित रूपमा प्रहार गरेर एमालेको भविष्य समाप्त भयो भनेर प्रचारबाजी भए पनि महाधिवेशनमा भएको भव्य उपस्थितिले एमाले थप बलियो भएको पुष्टि गरेको बताए ।
‘हामी सरकारबाट बाहिरिएका छौँ तर नेपाली जनताको मनमा छौँ’, पोखरेलले भने, ‘यो उपस्थितिले एमाले थप बलियो भएको छ भन्ने सन्देश दिएको छ ।’ महासचिव पोखरेलले विकास र समृद्धि तथा स्वाधीनताका पक्षमा नेकपा एमालेले हरदम अगुवाइ गर्दै आएको र गरिरहने दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण