कांग्रेसमा वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : कोइराला
सारांश
- डा. शेखर कोइरालाले आफू पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु भएको बताए।
- उनले युवा पुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने कुराको सुनुवाइ नभएको गुनासो गरे।
- कोइरालाले पार्टी पुनर्निर्माणका लागि सेनानीहरूको अनुभवको खाँचो औंल्याए र आसन्न निर्वाचनमा होमिन निर्देशन दिए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् ।
कोइरालाले लामो समयदेखि पार्टीभित्र र बाहिरका फोरमहरूमा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नभएकोले पछिल्लो परिस्थिति निर्माण भएको बताए । आफूले कोभिड महामारीकै समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि कोइरालाले गरे ।
आज प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूसँग बिशालनगरस्थित कोइरालाकै सम्पर्क कार्यालयमा भएको भेटघाटमा नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरूले पुर्याउनु भएको योगदानको सधैँ उच्च कदर हुने बताए।
देश र पार्टी अत्यन्तै कठिन मोडमा उभिएको बताउँदै उनले कांग्रेस पार्टी पुनर्निर्माणका लागि अझै सेनानीहरूको अनुभवको सहयोगको खाँचो रहेको पनि उनले प्रस्ट पारे ।
"सयौँ योद्धा र युवाहरूको रगत पसिनाले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक विचलन आएको छ" कोइरालाले भने- "पार्टी भित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरुरी छ।"
जिल्ला-जिल्लाबाट आएका सेनानीहरूलाई पार्टीको आसन्न महाधिवेशन र आम निर्वाचनमा होमिन कोइरालाले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण