प्रहरी महानिरीक्षक कार्कीको गुनासो : प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ
काठमाडाैँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्की मुलुकमा हुने सबै किसिमका आन्दोलनहरुमा प्रहरी सधैँ तारोमा पर्ने गरेको भन्दै गुनासो गरेका छन् । जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवनको आईतवार उद्घाटन गर्दै उनले यस्तो गुनासो गरेका हुन् ।
प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाउने गरिएको उनको भनाइ छ । उनले प्रहरीमाथि आक्रमण गर्ने प्रवृत्तिलाई रोक्न र शान्ति सुव्यवस्था कायम राख्न नागरिक र प्रहरीको साझेदारीमा काम गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
उनले भने,‘मूलभुत रुपमा प्रहरीका संरचनाहरु यसपाला पनि ध्वस्त भए । नेपालको इतिहासमा यसभन्दा पहिलेका राजनीतिक र अन्य किसिमका आन्दोलनमा प्रहरी मात्रै तारोमा पर्छ । यसलाई चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो पनि बनाउने पनि गरिन्छ । नागरिक र प्रहरीको साझेदारीमा हामीले यस्तो प्रवृत्तिलाई अन्त्य गर्दै शान्ति सुव्यवस्था कायम हुनेगरी काम गर्न हाम्रा प्रहरी कर्मचारीहरुलाई निर्देशन पनि दिन्छु ।’
जेनजी आन्दोलनको क्रममा ध्वस्त बनाइएको कार्यालयको संरचना पुनर्निर्माण गरिएको हो । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण