चितवनमा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा
सारांश
- चितवन जिल्लाका अस्पतालमा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण घट्दै गएको छ।
- गत वर्षको मङ्सिरको तुलनामा यो वर्ष डेंगु सङ्क्रमण निकै कम देखिएको छ।
- जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म १७४ जनामा डेंगुको सङ्क्रमण देखिएको छ।
चितवन । जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा रहेको छ । गत वर्षको तुलनामा मङ्सिरमा दुवै रोगको सङ्क्रमण घटेको पाइएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा मङ्सिरमा ११३ जनामा डेंङ्गी देखिएकामा यस वर्ष १२ जनामा यो रोगको सङ्क्रमण भेटिएको छ । कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार यस आवमा पाँच हजार ९२३ जनाको नमुना परीक्षण गरिएकामा अहिलेसम्म १७४ जनामा डेंगुको सङ्क्रमण देखिएको हो ।
गत आवकोे मङ्सिरसम्ममा एक हजार ४६३ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । गत आवभर १७ हजार ३५३ जनाको परीक्षण गर्दा एक जनाको मृत्यु भएको थियो ।
जिल्लामा गत वर्ष साउनमा १६०, भदौमा ३४९, असोजमा ४८७, कात्तिकमा ३३४ र मङ्सिरमा ११३ जनामा डेंगुको सङ्क्रमण देखिएको उनले जानकारी दिए । उनका अनुसार यसवर्ष साउनमा ४२ जना, भदौमा ४४ जना, असोजमा २९ जना, कात्तिकमा ४७ जना र मङ्सिरमा १२ जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।
गत वर्षको तुलनामा यो वर्ष चितवनमा डेंगुको सङ्क्रमण कम पाइएको उनले बताए । उनले भने, “पुस लागेसँगै यो रोगको सङ्क्रमण घट्दै जान्छ ।”
यो रोग बढीमात्रामा सहरी क्षेत्रमा देखिएको उनले जानकारी दिए । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । डेंगु प्रजाति कुन हो र कसरी यसको विकास भएको छ भन्ने अध्ययन गर्न आवश्यक रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण