दुई नेपाली विद्यार्थीले उज्बेकिस्तानमा पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउने
सारांश
- एनआरएनएले उज्बेकिस्तानको एसिया इन्टरनेसनल युनिभर्सिटीसँगको सहकार्यमा दुई नेपाली विद्यार्थीलाई एमबिबिएस पढाउने भएको छ।
- यो छात्रवृत्ति जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई लक्षित गरिएको छ, जसले चिकित्सा शिक्षा आयोगको परीक्षा उत्तीर्ण गर्नुपर्नेछ।
- सन् २०२५ डिसेम्बर २३ सम्म आवेदन दिन सकिनेछ भने छनौट परीक्षा २०२६ जनवरी ३ मा ललितपुरमा हुनेछ।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दुई जना नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढाउने भएको छ। संघले उज्बेकिस्तानको एसिया इन्टरनेसनल युनिभर्सिटीसँगको सहकार्यमा ६ वर्षे एमबिबिएस पाठ्यक्रमका लागि यो अवसर प्रदान गर्न लागेको हो।
नेपालको स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभावका कारण बिरामीले समयमै उपचार नपाउने र विशेष गरी प्राथमिक स्वास्थ्य केन्द्रहरूमा दक्ष स्वास्थ्यकर्मीको अभाव देखिएपछि संघले यो पहल कदमी लिएको जनाएको छ।
यो छात्रवृत्ति विशेषगरी जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई लक्षित गरिएको छ। यसका लागि नेपालमा चिकित्सा शिक्षा आयोगले लिने परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
इच्छुक विद्यार्थीहरूले सन् २०२५ डिसेम्बर २३ सम्ममा आवेदन दिन सक्नेछन्। छात्रवृत्तिका लागि छनौट परीक्षा सन् २०२६ जनवरी ३ मा ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सञ्चालन हुनेछ। उक्त परीक्षा चिकित्सा शिक्षा आयोगको ढाँचामा आधारित हुने संघले जनाएको छ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको सम्पूर्ण खर्च (खाना र बसाइसहित) विश्वविद्यालयले ब्यहोर्नेछ। तर, अध्ययन पूरा गरेपछि विद्यार्थीले अनिवार्य रूपमा नेपाल फर्केर न्यूनतम २ वर्ष स्वास्थ्य क्षेत्रमा सेवा प्रदान गर्नुपर्ने शर्त राखिएको संघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण