‘नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना छ’
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा 'ठुल्दाइ'का उपनामले परिचित अभिनेता शिव श्रेष्ठले नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना रहेको बताएका छन् ।
हालै यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले नेपाल प्राकृतिक, धार्मिक र सम्पदाका दृष्टिले सम्भावना बोकेको मुलुक भएकाले सरोकार भएका निकायले चलचित्र पर्यटन प्रवर्द्धनका क्षेत्रमा योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
अभिनेता श्रेष्ठले पाकिस्तानी चलचित्रमा काम गर्दाको समयलाई स्मरण गर्दै नेपाली चलचित्र उद्योगले चलचित्र पर्यटनका क्षेत्रमा पाकिस्तानीले अवलम्बन गरेका कदमहरूबाट सिक्नुपर्ने धारणा राखे ।
'पाकिस्तानी चलचित्रमा अभिनय गर्न क्रममा बढी समय उतै बित्न थालेपछि नेपालको कानुनअनुसार यहाँ चलचित्र छायाङ्कन गर्नुपर्नेमा जोड दिएँ, तर त्यस्तो केही नियम वा कानुन थिएन । पछि ११ वटा विदेशी चलचित्र नेपालमा छायाङ्कन भए । यसले पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ । यस्ता विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ,' उनले भने ।
शिक्षाले जीवनका हरेक पक्षलाई सफल बनाउने बताउँदै अभिनेता श्रेष्ठले आफ्नो बाल्यकाल र अध्ययनका पाटालाई स्मरण गरे । 'मैले शिक्षालाई महत्त्व नदिएर धेरै विद्यालय छाडेँ । अहिले लाग्छ पढाइलाई महत्त्व दिएको भए कलाकारितामा अझ प्रभावकारी काम र नतिजा दिन सक्ने थिएँ । हामीले शिक्षालाई बिचमा छोडेर भविष्य र पेसाको पछि लाग्नु,' उनले भने ।
उक्त कार्यक्रममा अभिनेता दीपकराज गिरीले आफ्नो कलाकारितालाई लेखनशैलीले मद्दत गरेको बताए । अभिनयसँगै पात्र निर्माण गर्न सक्नु र उक्त पात्रले बोल्ने संवादमा आफ्नो दक्षता प्रस्तुत गर्न सक्ने भएकाले पात्र प्राकृतिक लाग्ने प्रतिक्रिया पाउने गरेका उनको अनुभव छ ।
'आज मैले पाउने प्रशंसामा लेखनको ठुलो महत्त्व छ । त्यो लेखन मेरो अध्ययन र शिक्षाको प्रतिफल हो । म उत्कृष्ट विद्यार्थी थिइनँ, तर पढाइको महत्त्वलाई बुझेको छु । हरेक व्यक्तिको सफलतामा शिक्षाको ठुलो महत्त्व हुन्छ,' अभिनेता गिरीले भने । उनले सफलताका लागि लक्ष्य प्राप्तिमा अग्रसर हुँदै शिक्षालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण