नेपाल स्वास्थ्यकर्मी सङ्घको अध्यक्षमा पुनः घिमिरे
आइतबार, २८ मङ्सिर २०८२, १७ : २३
काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध नेपाल स्वास्थ्यकर्मी सङ्घको अध्यक्षमा पुनः रामजी घिमिरे चयन भएका छन् । काभ्रेको पाँचखालमा मङ्सिर २६ र २७ गते भएको आठौँ अधिवेशनले घिमिरेलाई पुनः सर्वसम्मत अध्यक्ष बनाएको हो ।
उनी सातौँ महाधिवेशनबाट पनि अध्यक्ष भएका थिए । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा रामचन्द्र शाह र साहिली गिरीलाई चयन गरेको छ । उपाध्यक्षमा डा.ऋषिकेश भुसाल, रामबहादुर मल्ल र यमबहादुर खड्कालाई चयन गरेको छ ।
त्यस्तै, महासचिवमा मिनराज पन्थी, उपमहासचिवमा शोभा उप्रेती खरेल र इन्द्रजित यादव, कोषाध्यक्षमा महेन्द्र थापा तथा सह-कोषाध्यक्षमा राधिका भुर्तेललाई चयन गरेको नवनिर्वाचित महासचिव पन्थीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण