एकतापछि नेकपा : अबको महाधिवेशन नवौँ कि ११औँ ?
काठमाडौँ । नेपालका सम्पूर्ण कम्युनिस्ट पार्टीले २०१० सालमा भएको पहिलो महाधिवेशनलाई आधार मान्दै आएका छन् । २००६ वैशाख १० गते संस्थापक पुष्पलाल श्रेष्ठले नेकपा स्थापना भएपछि पहिलो महाधिवेशन माघ १३ देखि १७ गतेसम्म ललितपुरको पाटन गाबहालमा सम्पन्न भएको थियो ।
२०१४ सालमा दोस्रो, २०१९ सालमा तेस्रो महाधिवेशन कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि भयो । दोस्रो महाधिवेशनमा महासचिव निर्वाचित भएका डा. केशरजंग रायमाझीले २०१७ सालमा राजा महेन्द्रको ‘कु’लाई समर्थन गरेपछि पार्टी विभाजनतर्फ उन्मुख भयो । तेस्रो महाधिवेशनमा महासचिवबाट रायमाझीलाई हटाएर तुलसीलाल अमात्य निर्वाचित भए । सोही महाधिवेशन नेकपा विभाजनको प्रस्थान बिन्दु बनेको थियो ।
२०२५ सालसम्म कम्युनिस्ट आन्दोलन नै छिन्नभिन्न भयो । २०२८ सालमा मनमहोहन अधिकारी, मोहनविक्रम सिंह, शम्भुराम श्रेष्ठ लगायत नेताहरूले कम्युनिस्ट आन्दोलनलाई फेरि पुनर्गठन गर्ने प्रयास गरेपनि असफल भएको थियो ।
२०३१ सालमा भारतको वाराणसीमा सिंहको नेतृत्वमा चौथो महाधिवेशन भयो । तर तत्कालीन ‘कोअर्डिनेसन केन्द्र’ हुँदै गठन भएको नेकपा मालेले चौथो महाधिवेशनलाई मान्यता दिए । मालेले २०४६ सालमा सिरहाको विष्णुपुर कट्टी, सर्रे अम्बासमा चौथो महाधिवेशन गर्यो । यता माओवादी विधारधारा बोकेका नेकपा (चौम)ले २०४१ सालमा पाँचौं महाधिवेशन गर्यो ।
२०४६ सालमा नेकपा (माले) र नेकपा (मार्क्सवादी) मिलेर बनेको नेकपा (एमाले)ले शनिबारदेखि मंसिर २९ गतेसम्म ११औँ महाधिवेशन गर्दैछ । एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले गत वर्ष असारमा १०औं महाधिवेशन सम्पन्न गर्यो । माओवादी धारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले २०७८ साल पुसमा आठौँ महाधिवेशन सम्पन्न गरेको छ ।
_swS0HX3HhO.jpg)
कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले ६ महिनामा एकता महाधिवेशन गर्ने सहमति गरेको छ । मार्क्सवाद, लेनिनवाद, माओवादलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको माओवादी केन्द्र र मार्क्सवाद र लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त अंगिकार गर्दै आएको एकीकृत समाजवादीले अगामी महाधिवेशन कतिऔँ हुने भन्नेमा अन्योल देखिएको छ । माओवादीले एकीकृत समाजवादीसँग एकता नगरेको भए मंसिरको अन्त्यमा नवौँ महाधिवेशन हुने थियो । नेपाली कम्युनिस्ट पार्टीको आगामी महाधिवेशन ११औँ हुने कि नवौँ हुने भन्नेमा नेताहरू नै द्विविधामा परेका छन् । साविक एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कुन महाधिवेशन भन्नेमा अन्योल देखिएपनि भाषा मिलाउन सकिने जिकिर गरे ।
‘साविक दुवै पार्टीले आ–आफ्नै ढंगले महाधिवेशन गर्दै आएका छौँ । तर सबै कम्युनिस्ट पार्टीले २०१० सालमा भएको नेकपाको पहिलो महाधिवेशनलाई नै आधार मानेर महाधिवेशन गर्दै आएका छन्’, उनले भने, ‘दुई पार्टीबिच एकता भएपछि आगामी दिनमा कतिऔँ महाधिवेशन भन्नेमा अन्योल देखिएको छ । तर यसलाई भाषा मिलाएर महाधिवेशन गर्न सक्छौँ । अब हुने महाधिवेशनलाई एकता महाधिवेशन भन्न सकिन्छ । त्यसपछि कतिऔं महाधिवेशन गर्ने भन्नेमा सहमतिबाट नै गर्न सकिन्छ ।’
यता साविक माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले पनि पाण्डेसँग मिल्दोजुल्दो मत राखिन् । ६ महिनामा एकता महाधिवेशन गरेर अर्को महाधिवेशनबारे सहमति गर्न सकिने बताइन् ।
‘हामीले आठौँ महाधिवेशन सम्पन्न गरेका छौँ । साविक एकीकृत समाजवादीले १०औं महाधिवेशन सम्पन्न गरिसक्यो । आगामी महाधिवेशनलाई एकताको महाधिवेशन घोषणा गरेर जान सकिन्छ । अर्को महाधिवेशन कतिऔँ भन्नेबारे सहमतिबाट नै टुंग्याउन सकिन्छ’, उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण