सुदूरपश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीको कार्यालय स्थापना : सङ्गठन विस्तारमा जोड
आइतबार, २८ मङ्सिर २०८२, १८ : २१
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा प्रदेशस्तरीय पार्टी कार्यालय स्थापना गरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरवेहणीमा प्रदेश कार्यालय स्थापना गरिएको हो ।पार्टीका नेता दीपक साउँद (तरङ्ग) ले प्रदेशस्तरका पार्टी गतिविधि सञ्चालन तथा सङ्गठन परिचालनलाई प्रभावकारी बनाउन कार्यालय स्थापना गरिएको बताएका छन् ।
प्रदेश कार्यालय स्थापनासँगै सुदूरपश्चिमका ९ वटै जिल्लामा सङ्गठन विस्तार र पार्टी कार्यालय स्थापना गर्ने कार्यलाई तीव्र पारिने उनको भनाइ छ ।
तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा विभिन्न कम्युनिष्ट पार्टी एकीकृत भई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि जनार्दन शर्मा ‘प्रभाकर’को संरक्षणमा प्रगतिशील लोकतान्त्रिक पार्टी स्थापना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण