मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण
तनहुँ । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा निर्माणाधीन चार लेनको पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आइतबार निरीक्षण गरेका छन् ।
सो अवसरमा उनले यहाँ निर्माण हुँदै गरेको चार लेनको पुल पर्यटकीय हिसाबले आकर्षण रहेको भन्दै पर्यटकलाई यसले लोभ्याउने चर्चा गरे।
मुग्लिन पोखरा सडकखण्ड निर्माणको अन्तिम चरणमा रहेको भन्दै उहाँले यसले काठमाडौँ र पोखरालाई दुरीका हिसाबले नजिकबाट जोड्ने उल्लेख गरे ।
उनले भने, “मुग्लिन–पोखरा सडकको पहिलो खण्ड सम्पन्न भइसकेको छ, केही काम बाँकी छ । यसले ठूलो परिवर्तन ल्याउँछ भन्ने मलाई लाग्छ । मुग्लिनदेखि काठमाडाैँसम्मको काम विश्व बैंकको सहयोगमा भइरहेको छ ।”
यसैबिच मन्त्री घिसिङले समयमै काम गर्ने निर्माण व्यवसायीलाई पुरस्कार र नगर्नेलाई दण्ड जरिवाना गरिने बताए । सडक डिभिजन कार्यालय दमौलीमा आज आयोजित विभिन्न पालिकाका स्थानीय एवं जनप्रतिनिधिसँगको भेटघाटमा बोल्दै मन्त्री घिसिङले निर्माण व्यवसायीले समयमै काम नगर्दा देश विकासमा पछाडि परेको उल्लेख गरे ।
निर्माण व्यवसायीबाट काम नहुँदा देश उनीहरुको कब्जामा गए जस्तो भइरहेको बताउँदै मन्त्री घिसिङले भने, “कुनै पनि निर्माण व्यवसायीले काम गर्दैन भने उनीहरुलाई कारबाही गर्छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण