एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा नेताहरू
सारांश
- एमालेको ११औँ महाधिवेशनमा सुनिता डङ्गोल, मञ्जली शाक्य बज्राचार्य र सुहाङ नेम्वाङसहितका नयाँ अनुहार केन्द्रीय सदस्य बन्दै छन्।
- काठमाडौं महानगरकी उपमेयर सुनिता डङ्गोल र ललितपुर उपमहानगरकी उपप्रमुख मञ्जली शाक्य केन्द्रीय सदस्य बन्ने भएका छन्।
- सुहाङ नेम्वाङ, अब्दुस मियाँ र हिराबहादुर केसी पनि केन्द्रीय सदस्यको सूचीमा छन्, जसमा केही जिल्ला अध्यक्षहरू पनि छन्।
काठमाडौँ । नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय सदस्यमा इन्ट्री गर्दैछन् । यी चर्चित अनुहार प्रतिनिधि नभएकोले केही दिन अघिसम्म संशयमा थिए तर प्रतिनिधि मनोनयनमा परेपछि उनीहरू उत्साहित भएका छन् ।
केन्द्रीय कमिटीमा इन्ट्री हुन लागेका एमालेका चर्चित युवा नेतामध्ये एक हुन् सुनिता डङ्गोल हुन् । काठमाडौँ महानगरकी उपमेयर डङ्गोल स्पष्ट वक्ता तथा मोटिभेसन स्पिकर पनि हुन् ।
महानगरमा मेयर बालेनसँगको द्वन्द्वमा कहिले पार्टीको पक्षमा कहिले सँगै भिडेरै र कहिले समन्वय गरेर पार्टी भित्र आफ्नो स्पेस बनाइरहेकी छिन् । हिजो महाधिवेशन प्रतिनिधि मनोनयनमा परेपछि केन्द्रीय सदस्य हुने उनको बाटो खुलेको छ ।
यसैगरी ललितपुर उपमहानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य पनि केन्द्रीय सदस्यको सूचीमा चढ्दै छिन् । उनलाई पनि मनोनयनमा परेपछि केन्द्रीय सदस्यको बाटो खुलेको हो ।
यसपटक केन्द्रीय सदस्यमा इन्ट्री गर्ने अर्का चर्चित व्यक्तित्व हुन् सुहाङ नेम्वाङ । १० औँ महाधिवेशनबाट उपाध्यक्ष भएका सुवासका छोरा सुहाङ २०८० मा बाबुको निधन भएपछि इलाम २ बाट निर्वाचन जितेर सांसद भएका थिए । महाधिवेशन स्थलमा धेरै जनाको आकर्षणको केन्द्र भएका सुहाङ एमालेको केन्द्रीय कमिटीमा जाने निश्चित जस्तै छ ।
यस्तै अर्का चर्चित व्यक्तित्व अब्दुस मियाँ पनि केन्द्रीय सदस्यमा इन्ट्री गर्दैछन् । पार्टी भित्रका सेलिब्रेटीको रूपमा रहेका मियाँ २०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग चुनाव लडेका थिए ।
त्यसबाहेक बागलुङ एमालेका अध्यक्ष हिराबहादुर केसी पनि यो पटक केन्द्रीय सदस्यमा इन्ट्री हुदैछन् । दोस्रो कार्यकाल अध्यक्ष हाँकिरहेका केसी यसपटक केन्द्रीय सदस्य पदका सशक्त दाबेदारका रूपमा एमालेभित्र चिनिन्छन् । त्यसैगरी एमालेमा नौ वटा जिल्लाका अध्यक्षहरू दोहोरिएका छन् । ती सबैले केन्द्रीय सदस्य बन्ने चाहाना राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण