मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

सोमबार, २९ मङ्सिर २०८२, १२ : ३७
सोमबार, २९ मङ्सिर २०८२

सारांश

  • संयुक्त राष्ट्र संघको आह्वानमा अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ।
  • गोरखनाथ गणका १७५ जना सैनिक सहितको पहिलो टोली मिसन इलाका प्रस्थान गर्यो।
  • २२५ जना सैनिक स्वदेश फर्किए, हाल १,१८९ नेपाली शान्ति सैनिक कार्यरत छन्।

काठमाडौँ। संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यको लागि युनाइटेड नेसन्स मल्टीडाइमेनसनल इन्ट्रिगेटेड स्टेबलाइजेसन मिसन इन सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ।

लाइट इन्फ्यान्ट्री बटालियनअन्तर्गतको युद्धभैरव गण (शान्ति सेना) तेस्रो डफ्फालाई बदली गर्नको लागि गोरखनाथ गण (शान्ति सेना) चौथो डफ्फाका १७५ जना शान्ति सैनिकहरूको पहिलो टोली २०८२ मङ्सिर २८ गते मिसन इलाका प्रस्थान गरेका छन्।

त्यस्तै, उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २२५ जना नेपाली शान्ति सैनिकहरू मङ्सिर २८ गते नै स्वदेश फिर्ता भएका छन्। हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार १८९ जना शान्ति सैनिकहरू कार्यरत छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप