राष्ट्र बैंकले खोस्यो कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको विशेष लगानी अधिकार
सारांश
- राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई बैंक तथा वित्तीय संस्थाको शेयरमा लगानीको अतिरिक्त सुविधा खोसेको छ।
- नयाँ व्यवस्था अनुसार, अब यी कोषहरूले तोकिएको सीमाभन्दा बढी शेयर लगानी गर्न पाउने छैनन्।
- बढी लगानी भएका कोषहरूलाई २०८७ असार मसान्तभित्र सीमाभित्र आउन समय दिइएको छ, अन्यथा कारबाही हुनेछ।
काठमाडौं । कर्मचारी सञ्चय कोष (ईपीएफ), नागरिक लगानी कोष (सीआईटी) लगायत सरकारी कोषले बैंक तथा वित्तीय संस्थाको शेयरमा लगानीका सम्बन्धमा पाउँदै आएको अतिरिक्त सुविधा राष्ट्र बैंकले खोसेको छ ।
बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन संशोधनमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
अहिले बैंक तथा वित्तीय संस्थामा एउटा व्यक्ति वा संस्थाले अधिकतम १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थामा अधिकताम १ प्रतिशत मात्रै लगानी गर्न पाउने व्यवस्था छ । योभन्दा धेरै लगानी भएमा राष्ट्र बैंकले कारबाही गर्छ ।
तर, कर्मचारी सञ्चाय कोष, नागरिक लगानी कोष लगायतले भने एकभन्दा धेरै बैंक तथा वित्तीय संस्थामा २५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था थियो । यो व्यवस्था राष्ट्र बैंकले अहिले हटाइदिएको छ ।
अब तोकिएको सीमाभन्दा धेरै लगानी भएको अवस्थामा यसलाई बिक्री गरेर सो सीमाभित्र ल्याउन पाँच वर्षको समय दिइएको छ । यस अनुसार २०८७ असार मसान्तभित्र यो सीमा कायम गरिसक्नुपर्नेछ ।
यो अवधिमा सीमा कायम गर्न नसके कारबाही हुने चेतावनी समेत राष्ट्र बैंकले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण