बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख
सोमबार, २९ मङ्सिर २०८२, १४ : ५५
काठमाडौँ । चलचित्र विकास बोर्डले गत साताको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । तीन फिल्म ‘परान’, ‘हर्ष’ र ‘अभिमन्यु’ को बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो ।
जसमध्ये नीर शाह अभिनित फिल्म ‘परान’ को अहिले सम्मको आम्दानी १७ करोड ३९ लाख ४९ हजार ५०१ नेरु ग्रस रहेको छ । फिल्मको यो कलेक्सन २७ गते शनिबार राति ११ : ५९ सम्मको हो ।
त्यस्तै, फिल्म ‘हर्ष’ को २८ लाख ७६ हजार २८६ नेरु ग्रस रहेको छ । खगेन्द्र लामिछाने र वर्षा राउत अभिनित फिल्म ‘हर्ष’ गत १२ मङ्सिरमा प्रदर्शनमा आएको थियो ।
त्यस्तै, फिल्म ‘अभिमन्यू : च्याप्टर १’ ले पछिल्लो शनिबारसम्म २१ लाख १० हजार २०५ नेरु ग्रस कमाएको छ । फिल्ममा कामेश्वर चौरासिया र लक्ष्मी बर्देवाको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण