पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार : जेलेन्स्की
काठमाडाैँ । युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले व्यक्त गरेका छन् ।
वर्षौंदेखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य अमेरिका, युरोपेली देशहरू र अन्य सहयोगीहरूबाट कानुनी रूपमा बाध्यकारी सुरक्षा ग्यारेन्टीहरू स्वीकार गर्न सक्ने उनले बताए ।
पछिल्लो समयमा युक्रेन र अमेरिका बिचको द्विपक्षीय सुरक्षा ग्यारेन्टी, र युरोपेली सहकर्मीहरू, साथै अन्य देशहरू–क्यानडा, जापानबाट सुरक्षा ग्यारेन्टीहरू अर्को रूसी आक्रमण रोक्ने अवसर भएको बताउदै जेलेन्स्कीले त्यस्ता आश्वासनहरू कानुनी रूपमा बाध्यकारी हुनु पर्ने बताए।
राष्ट्रपति जेलेन्स्कीले आफू “मर्यादापूर्ण“ शान्ति र रूसको अर्को आक्रमण नगर्ने दृढ ग्यारेन्टी खोजिरहेको बताउदै मस्कोले युक्रेनी सहरहरू र महत्वपूर्ण पूर्वाधारहरूमा निरन्तर आक्रमण गरी द्वन्द्व लामो बनाएको बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बढ्दो दबाबका कारण कूटनीतिक प्रयासहरू तीव्र भएपछि यो टिप्पणी आएको हो । ट्रम्पका दूत स्टिभ विटकोफ र जारेड कुसनर युक्रेनी र युरोपेली प्रतिनिधिहरूसँगको वार्ताका लागि आइतबार बर्लिन पुगेका थिए ।
अल जजिराका अनुसार यस अघि किएभ र मस्को दुवैसँग वार्तामा संलग्न रहेका विटकोफलाई पठाउने निर्णयलाई वासिङ्टनले प्रगतिमुलक हुने विश्वास गरेको जनाइएको छ ।
युक्रेनले अमेरिका र युरोपेली साझेदारहरूसँग मिलेर २०–बुँदे योजनाको समीक्षा गरिरहेको उल्लेख गर्दै जेलेन्स्कीले यसले युद्धविराम हुन सक्ने बताए ।
अधिकारीहरूले जारी कूटनीतिक छलफलका बावजुद रूसले आक्रमण नरोकि जानाजानी जाडो महिनामा नागरिकहरूलाई तातो र पानीबाट वञ्चित गर्न पावर ग्रिडलाई लक्षित गरि हजारौंलाई बिजुली विहीन बनाएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण