स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी
चितवन । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा स्क्रब टाइफसका बिरामीको सङ्ख्या घटेको छ । गत आर्थिक वर्षको मङ्सिरसम्म ५३८ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । यस आर्थिक वर्षको सोही समयमा ४२६ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालय प्रमुख निर्मल घिमिरेकाअनुसार गत आवको साउनमा ४५, भदौमा १२७, असोजमा १४३, कात्तिकमा १२७ र मङ्सिरमा ९६ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो ।
यस आर्थिक वर्षको साउनमा ७१, भदौमा ६५, असोजमा १२१, कात्तिकमा १२४ र मङ्सिरमा ५४ जनामा यो रोगको सङ्क्रमण देखिएको घिमिरेले बताए ।
मौसममा आएको परिवर्तनसँगै यो रोगको सङ्क्रमण विस्तारै घट्दै जाने उनले जानकारी दिए । उनले भने, “विशेष गरी गर्मी मौसममा बढी सङ्क्रमण फैलने यो रोग अब घट्दै जान्छ । गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ ।”
मुसाको शरीरमा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस रोग लाग्ने गर्छ । खेतबारीमा एवं विशेषगरी घर बाहिर काम गर्ने व्यक्तिमा यो रोग लाग्ने उनले जानकारी दिए। यो रोग गर्मी र वर्षाको समयमा देखिन्छ ।
किर्नाले टोकेको सामान्यतया पाँचदेखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ । यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जन्डिस हुने र पेट दुख्ने लक्षण देखिन्छ । सङ्क्रमण घटे पनि जाडो समयमा समेत बिरामी फाट्टफुट्ट भेटिने क्रम भने जारी रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण