५ महिनामा पुँजीगत खर्च ८ प्रतिशत, राजश्व संकलन १.६८ प्रतिशतले वृद्धि
सारांश
- चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले विकास निर्माणका लागि विनियोजित बजेटको ८.०३ प्रतिशत मात्र खर्च गरेको छ।
- राजस्व संकलन पनि सुस्त देखिएको छ, तर गत वर्षको तुलनामा वृद्धि भएको छ, र वैदेशिक अनुदानको अवस्था नाजुक छ।
- विकास खर्च कम हुँदा ऋणको सावाँ-ब्याज र सेयर लगानीमा भने ठूलो रकम खर्च भएको छ।
काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सरकारले विकास निर्माणका लागि विनियोजन गरेको बजेटको ८.०३ प्रतिशत मात्रै खर्च गरेको छ । यस वर्ष पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेकोमा हालसम्म जम्मा ८.०३ प्रतिशत अर्थात् ३३ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ मात्र खर्च भएको हो ।
महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको मंसिर २७ गतेसम्मको आय–व्यय विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ११ दशमलव ५८ प्रतिशत खर्च भएको थियो । जसमा ४० अर्ब ८० करोड छ लाख रुपैयाँ खर्च गरेको थियो ।
खर्चको तुलनामा सरकारको आम्दानी (राजस्व संकलन) पनि सुस्त देखिएको छ । सरकारले यस वर्ष कुल १४ खर्ब ८० अर्बको राजश्वको लक्ष्य रहेको थियो भने मंसिरसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य थियो । तर मंसिर महिनासम्म ४ खर्ब ९ अर्ब ७८ करोड अर्थात् ७८.७४ प्रतिशत संकलन भएको छ । तर वार्षिक लक्ष्यको तुलनामा भने १.६८ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिमा ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्षमा मंसिरसम्मको लक्ष्य ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ रहेको थियो । तर गत वर्ष पनि लक्ष्य अनुसार राजश्व संकलन भएको थिएन ।
वैदेशिक अनुदानको अवस्था अझ नाजुक छ । ५३ अर्ब ४४ करोड अनुदान ल्याउने लक्ष्य राखेको सरकारले हालसम्म ५ अर्ब ११ करोड (९.५६ प्रतिशत) मात्र प्राप्त गर्न सकेको छ ।
गत वर्षको सोही अवधिमा सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजस्व उठाएको थियो । यसरी गत वर्षको तुलनामा २ प्रतिशतले राजश्व संकलन पनि कमी रहेको देखिएको छ । विकास निर्माणका काम ठप्प प्रायः हुँदा बजारमा पुँजी परिचालन हुन सकेको छैन ।
विकास खर्चको सुस्तताको ठिक विपरीत सरकारको अनिवार्य दायित्व भुक्तानीको खर्च भने ह्वात्तै बढेको छ । तथ्याङ्क अनुसार विकास बजेट (पुँजीगत खर्च) ३३ अर्ब मात्र हुँदा सरकारले ऋणको सावाँ–ब्याज र सेयर लगानी लगायतको वित्तीय व्यवस्थापनमा भने १ खर्ब ३२ अर्ब ५३ करोड रुपैयाँ खर्च गरिसकेको छ ।
यो विनियोजित बजेटको ३५.३२ प्रतिशत हो । त्यस्तै, कर्मचारीको तलब भत्ता र प्रशासनिक कार्यमा हुने चालु खर्च पनि उच्च छ । सरकारले हालसम्म चालु खर्चतर्फ विनियोजित बजेटको ३३.३९ प्रतिशत अर्थात् ३ खर्ब ९४ अर्ब ३६ करोड रुपैयाँ खर्चिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण