इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल
काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने स्थिति सिर्जना भएको बताएका छन् । मंगलवार काठमाडौंमा डिजिटल राइट्स कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले डिजिटल राइट्स लोकतन्त्रसँग जोडिएको एउटा अभिन्न विषय भएको बताए। यो मानव अधिकारसँग जोडिएको विषय भएको पनि उनको भनाइ छ । सामाजिक सञ्जाल वा इन्टरननेट अक्सिजन जस्तै भएको बताउँदै नेता पौडेलले इन्टरनेको पूर्ण व्यवस्थापन भने गर्न नसकिएको बताए ।
सामाजिक सञ्जालको निषेध लोकतन्त्रको पक्ष नभएको बताउँदै डिजिटल राइट्सको विषय मानव अधिकारको, लोकतन्त्रको र नेपाली कांग्रेसको आदर्श, मूल्यमान्यतासँग जोडिएको विषय भएको उनले बताए ।
नेता पौडेलले सामाजिक सञ्जालको विषय आफूले उठाएर नै राजीनामा गरेको बताए। सामाजिक सञ्जाललाई पूर्ण ढंगबाट व्यवस्थित गर्न नसकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण