एमाले महाधिवेशन
ओलीको प्यानलमा रघुजी पन्त र सुहाङ नेम्वाङलाई राखियो
मङ्गलबार, ०१ पुस २०८२, १३ : १३
सारांश
- नेकपा एमालेको निर्वाचनमा रघुजी पन्त र सुहाङ नेम्वाङलाई केपी शर्मा ओलीको टीममा राखिएको छ।
- पहिले ईश्वर पोखरेल समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिएका पन्तलाई ओलीको प्यानलमा राखिएको छ।
- स्वतन्त्र उम्मेदवारी दिएका सुहाङलाई पनि ओलीको प्यानलबाट खुला केन्द्रीय सदस्यमा राखिएको छ।
काठमाडौँ । नेकपा एमालेको निर्वाचनमा प्यानलगत प्रतिस्पर्धा हुँदा रघुजी पन्त र सुहाङ नेम्वाङलाई केपी शर्मा ओलीको टीममा राखिएको छ ।
यसअघि पन्तले उपाध्यक्षमा ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएको बताइएको थियो । तर, मंगलबार ओली पक्षले प्यानलको सूची प्रतिनिधिहरुलाई पठाउँदा पन्तको नाम राखिएको छ ।
यस्तै सोमबार स्वतन्त्र उम्मेदवारी दिएका सुहाङलाई पनि ओलीको प्यानलबाट खुला केन्द्रीय सदस्यमा राखिएको छ । सुहाङ स्वर्गीय नेता सुवास नेम्वाङका छोरा हुन् ।
एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण