चीनमा हुने एसियन च्याम्पियनसिपमा सहभागी हुने क्यानोइङ टोलीको बिदाइ
सारांश
- नेपाल ओलम्पिक कमिटीले २०२५ चीनमा हुने एसियन च्याम्पियनसिपमा सहभागी हुने टिमलाई बिदाइ गर्यो।
- बिदाइ कार्यक्रममा अध्यक्ष जीवन राम श्रेष्ठले खेलाडीलाई आत्मविश्वासका साथ खेल्न शुभकामना दिए।
- च्याम्पियनसिप डिसेम्बर १६ देखि २२, २०२५ सम्म चीनको नु जियाङमा हुँदैछ।
काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले २०२५ चीन नु जियाङ वाइल्डवाटर क्यानोइङ एसियन च्याम्पियनसिपमा सहभागी हुने नेपाली क्यानो तथा कयाक टिमलाई एक विशेष कार्यक्रमबिच बिदाइ गरेको छ।
अध्यक्ष जीवन राम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले दुई अधिकारी र दुई खेलाडी गरी जम्मा चार जनालाई बिदाइ गरेका हुन् । श्रेष्ठ नेपाल र्याफ्टिङ तथा क्यानोइङ सङ्घका अध्यक्ष पनि छन्।
उक्त च्याम्पियनसिप डिसेम्बर १६ देखि २२, २०२५ सम्म चीनको युन्नान प्रान्तस्थित नु जियाङ स्वायत्त प्रिफेक्चरमा हुँदैछ। प्रतियोगिता चिनियाँ क्यानो एसोसिएसनले आयोजना गर्दैछ।
बिदाइ कार्यक्रममा अध्यक्ष श्रेष्ठले खेलाडी तथा अधिकारीहरूलाई आत्मविश्वास, अनुशासन र खेल भावनाका साथ प्रदर्शन गर्न र अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रको गौरव बढाउन आग्रह गर्दै शुभकामना दिएका थिए। उनले टिमको तयारीमा विश्वास व्यक्त गर्दै नेपालमा क्यानोइङ र कयाकिङको विकासका लागि यस्ता अन्तर्राष्ट्रिय अनुभव महत्त्वपूर्ण हुनेमा जोड दिए।
नेपाली टोलीमा अधिकारीहरू सूर्य प्रसाद जोशी र महेश थापा तथा खेलाडीहरूमा कृष्ण खड्का र रञ्जन कँडेल छन् ।
बिदाइ कार्यक्रममा नेपाल र्याफ्टिङ तथा क्यानोइङ सङ्घका महासचिव सुदीप राज गौतमको पनि उपस्थिति थियो। नेपाल ओलम्पिक कमिटीले टिमको सफल प्रतिस्पर्धा र सुरक्षित यात्राको कामना गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण