आईपीएल अक्सन : बिकेनन् म्याकगर्क र कन्वे, मिलरलाई दिल्लीले किन्यो
मङ्गलबार, ०१ पुस २०८२, १५ : १७
सारांश
- अबू धाबीमा आईपीएलको मिनी लिलामी जारी छ, जसमा १० टोलीले खेलाडी खरिदका लागि बोलकबोल गर्दैछन्।
- रिषभ पन्त आईपीएल लिलामी इतिहासकै सबैभन्दा महँगा खेलाडी हुन्, उनलाई लखनउले २७ करोड भारुमा किनेको थियो।
- जेक फ्रेजर-म्याकगर्क, डेभोन कन्वे र पृथ्वी श अनसोल्ड रहे, भने डेभिड मिलरलाई दिल्लीले २ करोड भारुमा किन्यो।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को मिनी लिलामी अबू धाबीमा जारी छ। यस लिलामीमा १० वटा टिमले ७७ खेलाडीहरूलाई किन्नका लागि बोली लगाइरहेका छन्।
हालसम्म लिलामी इतिहासका सबैभन्दा महँगा खेलाडी ऋषभ पन्त हुन्। उनलाई गत वर्षको मेगा अक्सनमा लखनउ सुपर जायन्ट्सले २७ करोड भारुमा किनेको थियो।
अस्ट्रेलियाका जेक फ्रेजर-म्याकगर्क, न्युजिल्यान्डका डेभोन कन्वे र भारतका पृथ्वी श ‘अनसोल्ड’ रहेका छन्। उनीहरूमाथि कुनै पनि टिमले बोली लगाएका छैनन्। यसैगरी, दक्षिण अफ्रिकाका डेभिड मिलरलाई दिल्ली क्यापिटल्सले २ करोड भारु मा किनेको छ।
लिलामीमा १० टिमहरूसँग कुल २३७.५५ करोड भारु उपलब्ध छ। जसमा, सबैभन्दा बढी राशि कोलकाता नाइट राइडर्ससँग छ भने मुम्बई इन्डियन्ससँग सबैभन्दा कम रकम बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण