‘सिरियल नम्बर’ प्रकरणमा एक्लियो गगन थापा पक्ष
सारांश
- नेपाली कांग्रेसका महामन्त्री गगन थापा समूह नयाँ क्रियाशील सदस्यता फारममा सिरियल नम्बर नराखेको विषयमा एक्लिएको छ।
- संस्थापन पक्ष र डा. शेखर कोइराला समूहले सिरियल नम्बरसहितको फारम वितरण गर्नुपर्ने अडान लिएका छन्।
- विवाद समाधानका लागि शीर्ष नेताहरूसँग छलफल गर्ने तयारी भइरहेको छ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा समूह पार्टीको नयाँ क्रियाशील सदस्यता वितरणका लागि पठाइएको फारममा ‘सिरियल नम्बर’ नराखेको प्रकरणमा एक्लिएको छ ।
संस्थापन पक्ष र इतर समूहका नेता डा. शेखर कोइराला समूहले सिरियल नम्बर राखेका फारम मात्र वितरण गर्नुपर्ने बताएपछि थापा समूह एक्लिएको हो ।
थापा नेतृत्वको पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नयाँ क्रियाशील सदस्यता वितरणका लागि ६ लाख फारम जिल्ला–जिल्लामा पठाएको थियो । ती फारममध्य ४ लाखमा ‘सिरियल नम्बर राखिएको थिएन ।
ती सिरियल नम्बर नराखेका फारम जिल्लामा पुगेपछि के गर्ने भन्ने विवाद हुँदा संस्थापन र डा. कोइराला नेतृत्वको इतर समूह त्यस्ता सिरियल नम्बर नराखेका फारम फिर्ता मागेर राखेर मात्रै पठाउनुपर्ने पक्षमा देखिएका हुन् ।
यसबारे आइतबार साँझ बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकमा छलफल भएको थियो । महामन्त्री थापा संयोजकत्वको केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, सीता गुरुङ र प्रकाश स्नेही रसाइली सदस्य रहेको समितिमा सहमति नजुटेपछि शीर्ष नेतासँग छलफल गर्नेगरी टुंगिएको थियो ।
समितिका रहेका संस्थापन पक्षीय सदस्यहरू चौधरी र गुरुङले सिरियल नम्बर नभएका फारम फिर्ता मागेर सिरियल नम्बर राखेर पठाउनुपर्ने बताएका थिए ।
संयोजक थापा र सदस्य स्नेही भने जहाँ पठाइएको छ, त्यही समितिलाई सिरियल नम्बर राखेर वितरण गर्न निर्देशन दिनुपर्ने बताइरहेका थिए । यही सन्दर्भमा सोमबार बसेको समिति बैठक निष्कर्षविहीन बनेको थियो । संयोजक थापाले शीर्ष नेताहरूसँग छलफल गरेर मंगलबार बस्ने बैठकमा टुंग्याउने भनिएको थियो ।
मंगलबार इतर समूहका नेता डा. शेखर कोइरालाले अर्का नेता डा. मीनेन्द्र रिजाललाई लगेर सभापति शेरबहादुर देउवालाई भेट्न पुगे । भेटमा डा. कोइरालाले सरियल नम्बर बिनाका फारमले जिल्ला–जिल्लामा जटिल समस्या उत्पन्न गराएको भन्दै सच्याउन माग गरेका थिए ।
डा. कोइरालाले बिना नम्बरका ति फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउन निर्देशन दिन देउवालाई आग्रह गरेको कोइरालाका स्वकीय सचिव थपलियाले रातोपाटीलाई जानकारी दिए । कोइरालाले ती बिनानम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुनै नसक्ने देउवासँग बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण